तिहार आयो 

खरीबोट

झिलीमिली बत्ति बलेको 
कस्तो राम्रो देखिएको 
सयपत्री र मखमली 
ढकमक फुलेर 
प्रकृतिलाई कति सुन्दरता 
बढाएको छ 
कस्तो राम्रो मौसम 
कस्तो राम्रो वातावरण 
आहा ! सबैको घर आँगनमा 
तिहार आयो 
यतिखेर आफ्नै घरको बरन्डामा बसेर 
तिहारको मजा लिइरहेको छु
छिमेकीको घरमा 
देउसीभैलो खेलीरहेका छन् 
रमाइरहेका छन् मान्छेहरु 
सबैको मनमा उत्साह छायो 
उमङ्ग छायो खुसी आयो 
किनकि यतिखेर 
सबैको घरमा तिहार आयो 
वर्षभरिको दुख बिर्सेर 
प्रेम आत्मीयता भाइचारा बढाएर 
दिदीबहिनीलाई सम्झेर 
मिठोमसिनो खाएर 
पिडाहरु भुल्दै तिहार मनाउने हो 
खुसी हुने र खुसी बाड्ने हो 
यो बेला सबैको घर घरमा 
तिहार आयो ।                                  

अमीत संग्रौला ,हाल युएई

सम्बन्धित समाचार

मेरो धर्तीमा (कविता) 

माथि  आकाशमा  बादलहरु उड्दथे  जूनको उज्यालो फैलिन्थ्यो  धर्तीमा  एउटा नयाँ बिहानी छाउन्थ्यो  मेरो स्वर्गमा  म कति नाचीदिन्थे  त्यो माधुर्यतामा  माथी माथी  आकाशमा  म आफ्नो संसार बनाउथे  त्यो घर को बगैंचामा  म लुकामारी खेल्थे र  झ्याउँकिरी ले मलाई गिजाउथे  हो, मलाई कस्तो कस्तो लाग्थ्यो  माथी माथी आकाशमा  पुग्थे

ब्युँझिएर तिमीलाई (कविता)

तिमी जाऊ ! मेरो अंगालोको भीर छिचोलेर हावामा बहकिँदै-बहकिँदै इन्द्रेणीको आठौँ रङ्ग हुन ।   थाहा छ ? मैले तिमीलाई बिर्सन्छु भनेँ भने झन् बढी सम्झनेछु र मेरो मुटुका काँप-काँपबाट टुसाउनेछन् यादका अनगिन्ति आँकुराहरू   म तिम्रो मनमा गढ्न सकिनँ कि तिमी पनि

१०० ग्राम अस्तित्व (कविता)

म अस्तित्व किन्न निक्लेको छु आफैं अस्तित्वहीन भएको यो मुर्दा शहरमा, भन्छन् एक्काइसौं  शताब्दीको आधुनिक बजारमा  सबैथोक किनबेच हुन्छन्  केवल मूल्य सही हुनुपर्यो यहाँ सपनाहरू खरिद-बिक्री गर्छन्  मलहरू, सटरहरू, फुटपाथहरू कागजी बाघ र हात्तिहरूको चिडियाखाना खोल्ने सपना, विदेशी भूमिमा स्वदेशी पहिचान

उपहार (कविता) 

अकेली बनहरुमा  मृगतृस्णाका शिशु हुर्किरहेका छन । तिमी स्कुलबाट घर आउँदा  म स्कुल बाट घर नआउदा   फरक -फरक चेहेरामा किन रुन्छ  यति विघ्न मेरो देश? मलाइ थाहा छ तिम्रो आगमनमा पलासका फुलहरु  तिमिलाइ पर्खिरहेका हुनेछ्न  मेरो बहिर्गमनमा गुराँसका


z