• २०८१ बैशाख ५ बुधबार

काठमाडौँलाई पराजित गदै पोखरा पल्टन अंकतालिकाको शिर्ष स्थानमा 

kharibot

काठमाडौँ। नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत समुह चरणको आफ्नो अन्तिम खेलमा पोखरा पल्टनले जित हासिल गरेको छ। काठमाडौँ रोयल्सलाई ४ विकेटले पराजित गर्दै पोखरा पल्टन अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । 

काठमाडौँले दिएको १०४ रनको लक्ष्य पछाएको पोखराले १५.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेपछि काठमाडौँ ४ विकेटले पराजित भएको हो। काठमाडौँ पराजित भएपछि पाचौ स्थानमा रहेकॊ बुटवल ब्लाष्टर्स र विराटनगर टाईटन्सको यस सिजनको पिपिएल यात्रा टुंगिएको छ। 

साथै जित पछि पोखरा प्रतियोगिताको अर्को चरणमा पुगेको छ भने पहिलो भएर सिधै फाइनलमा पुग्ने टिमको टुंगो भने आजको अन्तिम खेल चितवन राइनोज र बिराटनगरको खेल पछि टुंगो लाग्ने छ । अंकतालिकामा पोखरा पल्टन, काठमाडौँ रोयल्स र धनगढी ब्लुजको ६-६ अंक भएको छ भने रनरेटको आधारमा पोखरा शिर्ष स्थानमा छ भने काठमाडौँ दोस्रो र धनगढी तेस्रो स्थानमा रहेको छ।   

त्यस्तै समुह चरणको अन्तिम खेलमा चितवन राइनोजले विराटनगरलाई पराजित गरेमा रनरेटमा धनगढीलाई पछाडी पार्ने सम्भावना कायम रहेको छ। समुह चरणमा शिर्ष स्थानमा हुने टिम सिधै फाइनलमा पुग्ने छ भने दोस्रो र तेस्रो हुने टिम इलिमिनेटर खेल्नु पर्ने छ। इलिमिनेटरको विजेता टिम फाइनलमा पुग्ने छ। 

अंक तालिका :

 

पोखराको जितमा मुहमद नावेदले १५ बलमा सर्वाधिक ३६ रन बनाएका थिए।  त्यस्तै रवि इन्दर सिंहले २२ रन बनाए भने आसिफ सेखले १६ तथा कुशल भुर्तेलले १४ रन बनाएका थिए।  त्यस्तै रोहित पौडेलले अविजित ७ बलमा १५ रन बनाएका थिए। काठमाडौँ रोयल्सका बलर अमर सिंह रौतेलाले ३ विकेट लिए भने सुशान भारी, नन्दन यादव र पवन सराफले एक एक विकेट लिएका थिए।  

यसअघि  टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ रोयल्सले १९.१ ओभरमा अलआउट हुदै १०३ रन बनाएको थियो। काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रन बनाए भने अमित श्रेष्ठले २१, बसन्त रेग्मीले अविजित १९ तथा पवन सराफले १२ रन बनाए। 
पोखरा बलरहरुले उत्कृष्ट बलिङको प्रदर्शन गर्ने क्रममा ललित राजबंशीले ३ विकेट लिए भने रसिद खान र मोहमद नावेदले २-२ विकेट लिएका थिए। त्यस्तै बिक्रम बुसालले एक विकेट लिए भने पोखराले २ विकेट रन आउट गराएको थियो। 

प्रतियोगित मा अघिल्लो चरणमा जान पोखरा पल्टनले यो अन्तिम खेल जित्ने पर्ने छ भने काठमाडौँ रोयल्स ३ जित सहित ६ अंक लिएर रनरेटका आधारमा शिर्ष स्थानमा रहेको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै