• २०८१ बैशाख ८ शनिबार

विराटनगरलाई पराजित गर्दै चितवन इलिमिनेटरमा, यस्तो छ अर्को चरणको समीकरण 

kharibot

काठमाडौँ। नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत समुह चरणको अन्तिम खेलमा विराटनगर टाइटन्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ। चितवनले विराटनगरलाई पराजित गरेसँगै धनगढी ब्लुज प्रतियोगिताबाट बाहिरिएको छ । 

समुह चरणको अन्तिम खेल पछि पोखरा पल्टन अंक तालिकामा शिर्ष स्थान हासिल गर्दै सिधै फाइनलमा प्रवेश गरेको छ भने चितवन राइनोज दोस्रो र काठमाडौँ रोयल्स तेस्रो हुदै इलिमिनेटरमा प्रवेश गरेका छन्। 

त्यस्तै बुटवल ब्लाष्टर्स, धनगढी ब्लुज र विराटनगर टाइटन्स प्रतियोगिताको समुह चरणबाटै बाहिरिएका छन्। 

यस खेलमा १४६ रनको लक्ष्य पाएको चितवन राइनोजले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । चितवनका लागि सन्नी पटेलले अविजित ५१ रन बनाएका थिए भने आरिफ सेखले ३५ रन बनाए भने सन्नी पटेलले ३३ रन बनाएका थिए। त्यस्तै स्मित पटेलले २१ रनको योगदान दिएका थिए। 

विराटनगरका लागि सन्दीप लामीछानेले सर्वाधिक ४ विकेट लिएका थिए। सन्दीपले एक मेडनसहित २५ रन दिएर ४ विकेट लिएका थिए। त्यस्तै सुनिल धमला र शहाब आलमले एक एक विकेट लिएका थिए। 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १४५ रन बनाएको थियो। विराटनगरका लागि मोहमद जैद आलमले सर्वाधिक ५१ रन बनाएका थिए भने सुनिल धमलाले ४७ रन बनाएका थिए। त्यस्तै प्रदीप ऐरी र पुष्प थापाले ११-११ रन बनाएका थिए। चितवनका बलर कप्तान पारस खड्का र स्मित पटेलले २-२ विकेट लिएका थिए भने करन केसीले एक विकेट लिएका थिए।  

२४ बलमा ५१ रन अविजित बनाएका चितवनका सन्नी पटेल खेलको म्यान अफ द म्याच बनेका छन्। 
 
इलिमिनेटरको खेल चितवन राइनोज र काठमाडौँ रोयल्सबीच आइतबार हुने छ भने फाइनल खेल पोखरा पल्टन र इलिमिनेटरको विजेताबीच मंगलबार हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै