• २०८१ बैशाख १३ बिहीबार

सुपर एक्सनसहित अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ को ट्रेलर सार्वजनिक 

kharibot

काठमाडौँ। अक्षय कुमार र रजनीकान्त स्टारर फिल्म ‘२.०’ को ट्रेलर सार्वजनिक भएको छ । हिन्दी र तमिल भाषामा ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्म ठूलो बजेट र भिएफएक्सका कारण लामो समयदेखि चर्चामा रहेको यस फिल्ममा अक्षय कुमार भिलेनको भूमिकामा देखिएका छन् । 

पहिलो पटक रजनीकान्तसँग अभिनय गरेका अक्षयकुमार डरलाग्दो रुपमा फिल्ममा प्रस्तुत भएका छन्। ५ सय करोडको लागतमा बनेको यो फिल्ममा धमाकेदार  एक्सन रहेको छ । आधुनिक शैलीको एक्शन रहेको यस फिल्ममा प्रविधिको भरपुर प्रयोग गरिएको छ। फिल्ममा अक्षयकुमार गेटअपका कारण डर पैदा गर्न सफल देखिन्छन् । 

फिल्ममा अक्षयलाई फिल्मको ट्रेलरमा सेलफोन प्रयोग गर्नेहरुको दुश्मनको रुपमा देख्न सकिन्छ । गजबको भिजुअल इफेक्ट्स र अक्षय र रजनीकान्तको उत्कृष्ट डाइलग र एक्सनले ट्रेलरलाई विशेष बनाएको छ ।  फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन् । 

फिल्ममा रजनीकान्त र अक्षय कुमारका अलावा अभिनेत्री एमी ज्याक्सन पनि प्रमुख भूमिकामा छिन् । निर्देशक स्वयमले यसको पटकथा लेखेका हुन् । ‘२.०’ रजनीकान्तको फिल्म 'एन्थरिन' को सिक्वेल हो । पछिल्लो फिल्ममा उनले रोबोटको भूमिका निभाएका थिए । यसपटक उनी निकै मोर्डन र एडभान्स लुकमा प्रस्तुत छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै