• २०८१ बैशाख ८ शनिबार

पिपिएलमा मैदानमा खराब व्यबहारका कारण सन्दीपसहित ४ खेलाडी कारवाहीमा  

kharibot

काठमाडौँ। नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछानेसहित ४ खेलाडीले एम्पायरको निर्णयविरुद्ध असन्तुष्टि देखाएपछि खेल रेफ्रीले डिमेरिट अंक दिएका छन्।

सन्दीपले शनिबारको चितवन राइनोजविरुद्धको खेलमा आइसीसीको कोड अफ काण्डक्टविरुद्ध एम्पायरसँग व्यवहार गरेको कारण खेल रेफ्री सत्यजित सरकारले एक डिमेरिट अंक दिएको पिपिएल आयोजकले जानकारी दिएका छन्।  

त्यस्तै विराटनगरकै बलर किशोर महतो र चितवन राइनोजका खेलाडी सन्नी पटेलले मैदानमा खराब व्यवहार देखाएका कारण खेल रेफ्रीले चेतावनी दिएका छन्।  

त्यस्तै गरी पिपिएलमा गत विहिबार भएको चितवनविरुद्धको खेलमा काठमाडौँ रोयल्सका अमर रौतेलाले मैदानमा खराब व्यवहार देखाएका कारण रौतेलालाई पनि एक डिमेरिट अंक दिइएको छ। 

सबै खेलाडीले आफ्नो गल्ति स्वीकार गरेकाले यस विषयमा सुनुवाईको आवश्यक नभएको पिपिएलले जनाएको छ। 

समुह चरणका खेल सकिएको पिपिएलमा पोखरा पल्टन अंकतालिकामा शिर्ष स्थानमा रहदै सिधै प्रतियोगिताको फाइनलमा पुगेको छ भने चितवन राइनोज र काठमाडौँ रोयल्स फाइनलमा पुग्नका लागि इलिमिनेटरका लागि छनौट भएका छन्। प्रतियोगितामा बुटवल ब्लाष्टर्स, धनगढी ब्लुज र विराटनगर टाइटान्स समुह चरणबाट बाहिरिएका छन्। 

इलिमिनेटरको खेल आइतबार हुने छ भने प्रतियोगिताको फाइनल खेल मंगलबार हुने छ।  
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै