• २०८१ बैशाख १३ बिहीबार

निसन्तान दम्पतिको कथा फिल्म ‘प्रसाद’ को ट्रेलर सार्वजनिक 

kharibot

काठमाडौँ। अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता विपिन कार्की स्टारर फिल्म ‘प्रसाद’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । निर्देशक तथा अभिनेता निश्चल बस्नेतको पनि प्रमुख भूमिका रहेको फिल्मको ट्रेलर शुक्रवार रिलिज गरिएको हो । 
 
निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा फिल्मले बोल्छ । सन्तान नहुँदा श्रीमान-श्रीमतीबीच उत्पन्न हुने मनमुटावलाई ट्रेलरमा देखाइएको छ । विपिन र नम्रताको बैबाहिक जीवनमा अभिनेता निश्चल भिलेन बनेका छन् । 

ट्रेलरबाट निर्देशक राउतले मूलकथा प्रस्टाउन खोजेका छन्, जसले दर्शकलाई हलसम्म तान्न बाध्य बनाउन सक्छ । ट्रेलर हेर्दा फिल्मको कन्टेन्ट बलियो रहेको अनुमान गर्न सकिन्छ । 
 
फिल्मको ‘लै लै’  र 'बनकी चरी' बोलको गीत अहिले नै चर्चामा रहेको छ। मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’ लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको फिल्ममा विकास सुवेदी सह-निर्देशकका रुपमा छन् । 
 
सुवाष भुषालको संगीत रहेको फिल्ममा हिमाल केसीको थ्रिल छ । शिव विकको कोरियोग्राफी रहेको फिल्मलाई उज्जवल पौडेल, मनोज राठी र गोविन्द शाहीले मिलेर वितरण गर्दैछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै