• २०८१ बैशाख ७ शुक्रबार

तिहार आएको छ ! (गजल)

kharibot

अब चै बिश्वास गर्ने आधार आएको छ

पोको पारेर रुमालमा प्यार आएको छ !

अस्ति दशैँ आएथ्यो बाआमा रुवायो

भोली बैनी रुवाउने तिहार आएको छ !

बाबाको सिरानीमुनि तमसुक भेटेपछि

भाई पनी मसँगै कतार आएको छ !

जोसँग जिन्दगी बिताउने सपना देखियो

आज उस्कैबिहेको समाचार आएको छ !

पर्ख न मेरो गाउँ पनि आउँछ एकछिनमा

भर्खर त सिन्धुलीमाडी बजार आएको छ !

छोरी,बहिनीको बलात्कृत तस्बिर बोकेर

एकाबिहानै घरमा अखबार आएको छ !

सुनिल जलन

दु.न.पा.-१ सिन्धुली

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै