• २०८१ बैशाख ८ शनिबार

अन्तरिक्षमा बच्चा जन्माउन यो एजेन्सीलाई चाहियो स्वयंसेवक !

kharibot

अन्तरिक्षमा बच्चा जन्माउने कुरा हामीलाई कुनै साइन्स फिक्सन ब्लकबस्टर फिल्मको कथानक जस्तो लाग्न सक्छ । तर वैज्ञानिकहरुको भनाइलाई मान्ने हो भने आगामी ६ वर्षमा यो पनि यथार्थमा सम्भव हुनसक्छ । 

हो, स्पेसलाइफ ओरिजिनले २०२४ सम्ममा स्पेसमा बच्चा जन्माउने तयारी गरिरहेको छ । एजेन्सीका अनुसार सो कामको लागि उसलाई स्वयं सेवकहरु पनि चाहिएको छ । 

डेली मिररको रिपोर्टअनुसार स्पेसलाइफ ओरिजिन्सका संस्थापक तथा प्रमुख कार्यकारी किज मल्डरले यदि मानवता मल्टिप्लानेटरी (बहुग्रहीय) प्रजाति बनाउन चाहने हो भने हामीलाई स्पेसमा प्रजननको तरिका सिक्न अब जरुरी भइसकेको बताएका छन् । 

उक्त फर्मले दाबी गरेअनुसार उसले एउटा अन्तरिक्ष भ्रूण इन्क्युबेटर बनाइरहेको छ जसले २०२१ मा अण्डा र वीर्य सँगै स्पेसमा पठाउनेछ । 

एजेन्सीका अनुसार अण्डा र स्पर्म (वीर्य)को मेलबाट स्पेसमा भ्रूण विकसित हुन सुरु हुनेछ । यद्यपि उनले यसको आवश्यक प्रक्रियाबारे भने बताएनन् । त्यसको चार दिनपछि इन्क्युबेटर पृथ्वीमै फर्केर आउनेछ भने यहाँ नै गर्भावस्था र प्रसव सम्पन्न गराइनेछ । फर्मले २०२४ मा स्पेसमा पहिलोपटक प्रसव गराउने योजना बनाएको छ । 

फर्मका प्रवक्ताका अनुसार २४ देखि ३६ घण्टाको मिसनमा धरतीदेखि २ सय ५० माइलमाथि एक महिला बच्चालाई जन्म दिनेछिन् । सो क्रममा महिलासँगै तालिमप्राप्त विश्वस्तरीय मेडिकल टिम पनि सँगै हुनेछ । सम्भावित खतरासँग उनीहरुले नै जुधेर काम गर्ने बताइएको छ । 

यद्यपि यसलाई निकै खर्चिलो हुने मानिएको छ । फर्मका अनुसार स्पेसमा भ्रूणधारण गर्न २ लाख ५० हजार डलरदेखि ५० लाख डलरसम्म लाग्नेछ । अन्तरिक्षमा बच्चा पैदा गर्न यस भन्दा पनि बढी नै रहने अनुमान गरिएको छ । फर्मले अहिले २०२२ को आफ्नो प्रोजेक्टको लागि स्वयंसेवकको खोजी गरिरहेको बताइएको छ । 

एजेन्सीबाट 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै