• २०८१ बैशाख ७ शुक्रबार

साउथहम्पटनविरुद्ध सिटीले हान्यो आधा दर्जन गोल, अग्युरोले बनाए नयाँ रेकर्ड 

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले साउथहम्पटनविरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ। गएराती सिटीको आफ्नै घरेलु मैदानमा भएको खेलमा साउथहम्पटनलाई ६-१ गोल अन्तरले पराजित गर्दै सिटी लिगको शिर्ष स्थानमा उक्लिएको छ। 

सिटीको जितमा रहिम स्टरलिङले २ गोल गरेका थिए भने सर्जियो अग्युरो, डेभिड सिल्भा र लिरोए सानेले एक एक गोल गरेका थिए।  त्यस्तै सिट का लागि एक गोल साउथहम्पटनका वेस्ली होएडले आत्मघाती गोल गरेका थिए। साउथहम्पटनक लागि एक गोल डानी इङ्ग्सले गरेका थिए। 

सिटीले प्रिमियर लिगमा लगातार छैठौ जित हासिल गर्दै दोस्रो स्थानमा रहेको चेल्सीभन्दा लिगमा २ अंकको अग्रता हासिल गर्न सफल भएको छ। 

यस खेलमा गोल गर्दै अर्जेन्टिनी स्ट्राइकर सर्जियो अग्युरोले प्रिमियर लिगमा नयाँ रेकर्ड बनाएका छन्। अग्युरो प्रिमियर लिगमा एलन शिअरपछि सबैभन्दा छिटो १५० गोल गर्ने खेलाडी बनेका छन्। एलनले २१२ गोलमा १५० गोल गर्दै प्रिमियर लिगमा अहिलेसम्म छिटो १५० गोल गर्ने रेकर्ड कायम रहेको छ भने अग्युरोले २१७ खेलमा १५० गोल गरेका छन्। 

त्यस्तै अग्युरो प्रिमियर लिगमा एकै क्लबका लागि १५० गोल गर्ने तेस्रो खेलाडी बनेका छन्।  प्रिमियर लिगमा आर्सनलका लिजेण्ड थिएरी हेनरीले १७५ गोल गरेका थिए भने वाइन रुनीले म्यान्चेस्टर युनाइटेडका लागि १८३ गोल गरेका थिए। 

जित पछि सिटीको लिगमा ११ खेलमा २९ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ भने साउथहम्पटन लिगमा ११ खेलमा केवल ७ अंक हासिल गर्दै लिगको १६औ स्थानमा रहेको छ। 

सिटीले अब अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत आगामी बुधबार शख्तर डोनेटस्कको सामना गर्दै छ।  
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै