वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजमा भारतको विजयी सुरुवात 

खरीबोट

काठमाडौँ। भारतले वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ।  गएराती सम्पन्न खेलमा भारतले ५ विकेटको जित हासिल गरेको हो। वेस्टइन्डिजले दिएको ११० रनको लक्ष्य पचाएको भारतले १७.५ ओभरमा ५ विकेट गुमाउदै सो लक्ष्य पुरा गरेको थियो। 

भारतको जितमा दिनेश कार्तिकले सर्वाधिक अविजित ३१ रन बनाए भने यसै खेलमा भारतीय टी-२० टिममा डेभ्यु गरेका क्रुनाल पाण्डेयले अविजित २१ रन बनाएका थिए। त्यस्तै भारतका लागि मनिष पाण्डेले १९ तथा केएल राहुलले १६ रन बनाएका थिए। वेस्टइन्डिजका बलर ओशने थोमस र कार्लोस ब्रेथवेटले २-२ विकेट लिएका थिए भने खरी पिएरेले एक विकेट लिए। 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको  वेस्टइन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाएको थियो। वेस्टइन्डिजका लागि फबियन एलनले सर्वाधिक २७ रन बनाए भने किमो पाउलले अविजित १५ रन बनाएका थिए। त्यस्तै किरोन पोलार्ड र साइ होपले १४-१४ तथा शिमरोन हेटमेयरले १० रन बनाएका थिए। 

वेस्टइन्डिजलाई कम रनमा रोक्न भारतीय बलर कुलदीप यादवले ३ तथा उमेश यादव, खालीद अहमद, जसप्रित बुम्राह र क्रुनाल पाण्डेयले एक एक विकेट लिएका थिए। 
तीन विकेट लिएका भारतीय बलर कुलदीप यादव खेलको म्यान अफ द म्याच बनेका थिए। सिरिजको दोस्रो खेल मंगलबार हुदै छ।  
 
 

सम्बन्धित समाचार

टी-२० क्रिकेटको अलराउन्डर वरियतामा पारस खड्का ४१औ स्थानमा 

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी-२० क्रिकेटको वरीयताको अलराउन्डरतर्फ ४१औं स्थान रहेका छन् ।आईसीसीको पछिल्लो वरीयतामा नेपाली राष्ट्रिय टिमका काप्तान पारस शीर्ष ५०

वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजमा भारतको विजयी सुरुवात 

काठमाडौँ। भारतले वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ।  गएराती सम्पन्न खेलमा भारतले ५ विकेटको जित हासिल गरेको हो। वेस्टइन्डिजले दिएको ११० रनको लक्ष्य पचाएको भारतले १७.५ ओभरमा

टी-२० क्रिकेटको नयाँ वरियतामा नेपाली ४ खेलाडी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले जारी गरेको नयाँ टी-२० क्रिकेट वरियतामा नेपाली राष्ट्रिय टिमका ४ खेलाडीले स्थान बनाएका छन्।  टी-२० क्रिकेटको नयाँ वरियतामा राष्ट्रिय टिमका कप्तान पारस खड्कासहित

नेपाल कै ठुलो घरेलु टी-२० लिग पोखरा प्रिमियर लिग आजदेखि सुरु

काठमाडौँ।  नेपालमा अहिलेसम्म कै ठुलो टी-२० लिग पोखरा प्रिमियर लिग (पिपिएल) आजदेखि पोखरामा सुरु हुदै छ।  विभिन्न छ वटा टीमले भाग लिने यस प्रतियोगिता आज देखि सुरु भएर कार्तिक २०


z