• २०८१ बैशाख ८ शनिबार

मालीबाट मालिक बनेका तीर्थ !

kharibot

काठमाडौँ। फूलैफूलको पर्व तिहार घरदैलोमा आइसकेको छ । दाजुभाइमा गलादेखि घरका तलासम्म कुन कुन फूल प्रयोग गर्ने भन्ने चटारो यतिबेला सबैलाई परेको छ । सकेसम्म राम्रा राम्रा फूलमालाले झलमल्ल पार्न सबै जना तल्लीन हुनथालेका छन् । तर यसैबीच हाम्रा पुष्प व्यवसायीका समस्या भने अर्कातिर छन्  ।

ललितपुरको जावलाखेल मैदानमा बिहीबारदेखि चाड पर्व लक्षित पुष्पमेला प्रदर्शन समेत सुरु भएको छ । पुष्प व्यवसायमा देखिएका अनेकौँ समस्याहरु एकातिर थाती राखेर पुष्प व्यवसायीहरु आफ्नो फूलको प्रदर्शनीमा व्यस्त भएका छन् । 

यसैबीच, पुष्पमेलामा सर्वोत्कृष्ट नतिजा हासिल पार्न सफल भएको सम्झना नर्सका सञ्चालक तीर्थबहादुर महर्जनले ३४ वर्षयता पुष्प व्यवसाय सञ्चालन गर्दै आएका छन्  । ३४ वर्र्र्षे पुष्प व्यवसायको तीतामीठा धेरै अनुभव उनीसँग छन् ।

आफ्नो पुष्प व्यवसायप्रति सन्तुष्ट भएका महर्जन पुष्प व्यवसायबाट वार्षिक सात लाखसम्म आम्दानी गरेको खरीबोटलाई जानकारी दिए ।

आफ्नो पुष्प व्यवसायप्रति सन्तुष्ट भएका महर्जन पुष्प व्यवसायबाट वार्षिक सात लाखसम्म आम्दानी गरेको खरीबोटलाई जानकारी दिए ।

महर्जनको नर्सरीमा मौसमी र अन्य गरेर धेरै प्रजातिका फूलहरु छन् तर पनि गोदावरी फूलमा उनको विशेष लगाव छ । मेलामा समेत उनले गोदावरी फूलको मात्र प्रदर्शनी राखेका छन् । धेरै प्रजातिका गोदावरीमध्ये उनले नर्सरीमा ठूलो र सानो फूल्ने गरेर ३० प्रकारका गोदावरी लगाएको जानकारी दिए  ।

लामो समयदेखि पुष्प व्यवसायमा लागेका महर्जन विगतभन्दा वर्तमानमा पुष्प व्यवसाय गर्न समस्या भएको बताउँछन् । भन्छन्, पानी, जमिन र जग्गाको धेरै समस्या छ, जग्गा पाउनै छाड्यो, त्यस्तै ज्याला समेत धेरै छ ।

खेल मैदानमा सबैभन्दा ठूला र राम्रा गोदावरीका फूल स्टलमा राखेका उनी भन्छन् पाँच सयदेखि २ हजार रुपैयाँसम्मका फूलहरु रहेको जानकारी दिए । स्कुल जीवन सक्नेबित्तिकै फूल व्यवसायमा लागेको बताउने महर्जनले आफूले सुरुमा माली भएर काम सुरु गरेर र अहिले पुष्पको मालिक भएका छन् ।

काठमाडौं जन्मे हुर्केका महर्जन स्कुल जीवन सकिएपछि के गर्ने भन्दै कामको खोजीमा लागे र माली बने  । विगतमा ४/५ ठाउँमा माली काम गरेका उनले उनको राम्रो काम गराईृ देखेर एक जना नर्सरी व्यवसायीले उनलाई नर्सरीमा काम गर्न प्रस्ताव राखे, त्यसबाट नै उनी पुष्प व्यवसायमा लागे ।

माली र नर्सरीमा पाएको ज्ञानले उनलाई पुष्प व्यवसायमा लाग्न हौैसला प्रदान गर्यो र आफैँले लगानी गरेर नर्सरी खोले । २२ वर्षको उमेरदेखि फूलसँग रमाएका उनले अहिले ५३ वर्ष पार गरिसकेका छन् । 

आफ्नो व्यवसायमा पूर्णरुपमा सन्तुष्ट रहेको बताएका महर्जन आफूमात्र नभएर समग्र परिवारको साथ र सहयोगको कारण आफू यहाँसम्म सफल भएको बताउँछन् । भन्छन्, मेरो सफलतामा म मात्र नभएर सम्पूर्ण परिवारको साथ र सहयोग छ  । 

पहिलो वर्ष सहभागी मात्र बनेका उनी दोस्रो वर्षदेखि सधैँ गोदावरीको फूलको सर्वोत्कृष्ट उत्पादनको छनोटमा पर्न सफल भएको र पुरस्कार समेत हात पार्दै आएकाले गोदावरी फूलप्रति उनको लगाव बढ्दै गएको छ ।

पुष्प व्यवसायको लामो अनुभव संगालेका उनले धेरै ठाउँभन्दा थोरै ठाउँमा भएपनि राम्रो र प्रभावकारी ढंगले पुष्पखेती गर्ने बताए  ।

नयाँ व्यवसायीलाई सुझाव 

लामो समय फूलको सामीप्यता रमाएका महर्जनले पुष्प व्यवसाय गर्न इच्छुकलाई फूल सबैको रोजाइमा पर्ने भएकाले फूल एउटा गमला र कौशीमा मात्र नभएर व्यावसायिक रुपमा नै अघि बढ्न सुझाव दिन्छन्  ।

पुष्प व्यवसायबाट सन्तुष्टि हासिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका महर्जन पुष्प व्यवसाय कुनै हचुवाको भरमा गर्न नसकिने भएकाले धेरै बुझेर र जानेर मात्र सुरु गर्न आग्रह गर्छन् । 

रोजाइमा गोदावरी 

प्रत्येक वर्ष चाडपर्वको समयमा पुष्प मेला हुन्छ, उनको नर्सरीमा ३५ प्रकारका फूलहरु छन् तर उनको रोजाइमा सधैँ गोदावरी मात्र पर्छ । मेलामा सधैँ उनी गोदावरीको मात्र स्टल राख्छन् । कारण गोदावरी मेलाको १२औँ संस्करणसम्म आइपुग्दा पहिलो वर्ष सहभागी मात्र बनेका उनी दोस्रो वर्षदेखि सधैँ गोदावरीको फूलको सर्वोत्कृष्ट उत्पादनको छनोटमा पर्न सफल भएको र पुरस्कार समेत हात पार्दै आएकाले गोदावरी फूलप्रति उनको लगाव बढ्दै गएको छ ।

विशेषतः उनको नर्सरीमा सबै प्रकारका नर्सरी फूलरु ढकमक फूल्ने गरेका छन्  ।

पुष्प व्यवसायको लागि पर्याप्त जमिन नभएको बताउने उनी व्यवसायको लागि ठाउँ पाए आफ्नो व्यवसायलाई अझ विस्तार गर्ने उनको सोच छ । कामदारको अभाव र ज्याला धेरै महङ्गो भएको कारण कामदार राख्न नसकेको बताउने उनी परिवारको साथ र सहयोगमा छन् । जहाँ उनी बिहान सबेरैदेखि साँझ अबेरसम्म पनि नर्सरीमा नै हुन्छन् । भन्छन्, नर्सरी साहु बनेर काम नगरी बस्ने हैन । बिहान ७ देखि बेलुका ७÷८ बजेसम्म नर्सरीमा हुन्छ । 

तर आफ्नो सेखापछि आफ्ना छोरानातिले यो व्यवसाय धान्न सक्छन् भन्ने कुरामा उनी विश्वस्त भने छैनन् । आफ्नै देशमा धेरै ठाउँमा काम गर्न जनशक्ति अभाव भएको कारण वैदेशिक रोजगारीमा जानेलाई उनी अनुरोध गर्छन् कि उचित काम नेपालमै पाइन्छ । आफ्नो रगत तुल्य पसिना विदेशमा नबगाउन आग्रह गर्छन् ।

प्रस्तुति : कविता घिमिरे

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै