• २०८१ बैशाख १४ शुक्रबार

दुश्मनी भुल्दै करन जोहर र अजय देवगन एकै ठाउमा !

kharibot

बलिवुड । बलिवुडमा लामो समयदेखि एक अर्कादेखि टाढा रहेका निर्माता तथा निर्देशक करन जोहर र अभिनेता अजय देवगनले आफुहरुको झगडालाई भुलेर एकै ठाउमा आउने भएका छन्। करन जोहरले संचालन गरिरहेको टेलिभिजन शो कफी विथ करनमा सहभागी हुने भएर अजयले करनसँगको झगडालाई अन्त्य गरेको बताइएको छ। 

भारतीय मिडियामा अजय देवगन आफ्नी पत्नी अभिनेत्री काजोलसँग दिपावलीपछि करनको शोमा आउने तय भएको बताएका छन्। करन र अजयबीच पछिल्लो पटक २०१६ मा करनको फिल्म ए दिल है मुश्किल र अजयको फिल्म शिवाय रिलिज गर्दा झगडा भएको थियो। एकै दिन रिलिज भएका दुवै फिल्मले सय करोडको व्यापार गरेपनि अजय देवगनले करनले फिल्म विश्लेषकलाई पैसा दिएर किनेको, वितरकलाई प्रभावमा पारेर आफ्नो फिल्मलाई कम हाल उपलब्ध गराएको आरोप सार्वजनिकरुपमा लगाएका थिए। 

त्यसपछि दुवैले आफ्नो सम्बन्धलाई सार्वजनिक रुपमा केहि उल्लेख गरेका थिएनन्। अहिले अजय काजोलसँग शो मा आउने कुरा दुवैले सार्वजनिक रुपमा बाहिर भने भनेका छैनन् तर अजय करनको शो मा आउने मिडिया रिपोर्टले दुवैबीचको सम्बन्धमा सुधार आएको बताइएको छ। करनको यस शोको यस सिजनको पहिलो शोमा अभिनेत्री द्वय आलिया भट्ट र दीपिका पदुकोने आएका थिए भने त्यसपछि अक्षकुमार र रनबीर सिंह यस शोमा आइसकेका छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै