इजरायलमा नेकपाको चियापान कार्यक्रम

खरीबोट

इजरायल । नेपाल कम्युनिष्ट पार्टी “प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल” ले इजरायलमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

सोमबारदेखि सुरु भएको दिपावली, नेपाल सम्वत ११३५ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान चियापान तथा ऐतिहासिक स्थल जेरुसेलम भ्रमणको आयोजना गर्न लागेको हो ।

यस संगठनको महिला बिभागद्वारा आयोजना गर्न लागिएको कार्यक्रममा इजरायलमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने तथा इजरायलवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, विभिन्न राजनैतिक संगठन, धार्मिक तथा सामाजिक संघ संस्था, बुद्धिजीवी, साहित्यकार, कलाकार, व्यवसायी तथा बिद्यार्थीहरुलाई उपस्थित हुन निमन्त्रणा गरिएको छ ।

इजरायलमा बसोबास गरिरहेका नेपालीहरुलाई एकताबद्ध बनाउँदै यस अवसरमा एक आपसमा भेटघाट गर्ने र भाइचारा सम्बन्धलाई बढावा दिन चियापान कार्यक्रम गरिएको प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायलका सदस्य शिव राज खड्काले जानकारी दिए ।

चियापान कार्यक्रम यहि नोभेम्बर ९ तारिखका दिन शुक्रबार आयोजना हुने भएको छ ।

सम्बन्धित समाचार

इजरायलमा नेकपाको चियापान कार्यक्रम

इजरायल । नेपाल कम्युनिष्ट पार्टी “प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल” ले इजरायलमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । सोमबारदेखि सुरु भएको दिपावली, नेपाल सम्वत ११३५ तथा छठ पर्वको

यस्तो देखियो काँग्रेसको चियापान : सहमतीय राजनीतिको आवश्यकतामा जोड (फोटो फिचर)

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका नेताले सहमतीय राजनीतिको आवश्यकतामा जोड दिएका छन् ।  काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा

काँग्रेसको चियापानमा प्रचण्ड : समृद्धिको अभियानमा सहभागी हुन काँग्रेसलाई आव्हान 

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई आह्वान गरेका छन् ।  दसैँ, तिहार, छठलगायतका पर्वको अवसर पारेर नेपाली

सानेपामा काङ्ग्रेसको चियापान शुरु

काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा शुरु भएको छ ।  चियापानमा सहभागी अतिथिलाई पार्टी


z