• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रपति भण्डारी उपराष्ट्रपतिको जलपान समारोहमा सरीक

kharibot

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी तिहार, छठ एवम् नेपाल संवत् ११३९ का उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले आज आयोजना गरेको गरेको शुभकामना आदानप्रदान तथा जलपान समारोहमा सरीक भएकी छन् । 

उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्द, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत उपस्थित थिए । 

विभिन्न राजनीतिक दलका नेता, प्रदेश नम्बर ३ का प्रमुख, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य, सर्वाेच्च अदालतका न्यायाधीश, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, प्रदेशसभा सदस्य, राष्ट्रिय योजना आयोगका सदस्य र नेपालस्थित कूटनीतिक नियोगका प्रमुख समारोहमा सहभागी भए । 

सुरक्षा निकायका प्रमुख, उद्योग व्यवसायी, मानवाधिकारकर्मी, कलाकार, पत्रकारलगायत समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिको पनि समारोहमा सहभागिता थियो । समारोहमा उपराष्ट्रपति पुनबाट तिहार, नेपाल संवत्को नयाँ वर्ष तथा छठ पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेबसेका नेपालीको शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्नुभएको सन्देश उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यले पढेर सुनाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै