• २०८१ बैशाख १४ शुक्रबार

पत्रकार खशोग्गीको हत्या बारे बुझ्न साउदी टोली इस्तानबुलमा

kharibot

इस्तानबुल। आफ्नो देशका पत्रकार जमाल खशोग्गीको हत्या बारे थप अनुसन्धान गर्न साउदी अरबले एउटा टोली टर्कीतर्फ पठाएको छ । खशोग्गीको हत्या भएको ठाउँ टर्कीको राजधानी इस्तानबुलतर्फ टोलीलाई पठाइएको अधिकारीहरुले जनाएका छन् । 

रसायनशास्त्री र विषविज्ञान विज्ञ पनि रहेको टोलीले हत्याका प्रमाणहरु खोजी गर्ने टर्कीको पत्रिकाले सोमबार लेखेको छ । पत्रकार खशोग्गीको हत्यामा साउदी अरबको राजदरबारकै संलग्नता रहेको आशंका र आरोप लागिरहेका बेला साउदी अरबले अनुसन्धान टोली पठाएको हो । 

टर्कीका अधिकारीहरुले पत्रकार खशोग्गीको हत्यासम्वन्धी डरलाग्दो विवरणहरु रहेको जनाएका छन् । इस्तानबुलस्थित महावाणिज्य दूतावासमा गएका बेला ५९ बर्षिय पत्रकार खशोग्गीको हत्या भएको सार्वजनिक भएपनि शव भने अहिले सम्म भेटिएको छैन । 

टर्कीकी महिलासँग बिहेका लागि आवश्यक कागजातहरू लिन खशोग्गी गत अक्टोबर २ मा वाणिज्य दूतावास गएका बेला हत्या भएको थियो । टर्कीको सरकार पक्षीय सवाह दैनिकले गत अक्टोबर ११ तारिखका दिन नै साउदी अरबले ११ सदस्यीय टोली टर्की पठाएको समाचार लेखेको छ । 

स्वघोषित अनुसन्धान टोलीमा रसायन शास्त्री अहमद अब्दुल्लाजिज अल्जानोबी र विषज्ञान शास्त्री खालेद याह्या अल जाहरानी रहेको पत्रिकाले जनाएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भने साउदी अरबकै उच्च तहको संलग्नतामा खशोग्गीको हत्या भएको आरोप लगाएका छन् । 

त्यसैगरी टर्कीका अनुसन्धानकर्ताहरूले पनि निर्वासित जीवन विताइरहेका पत्रकार खशोग्गीको घाँटी अठ्याएर हत्या भएको दावी गरेका छन् । दशकौँसम्म साउदी राजपरिवारको निकट रहेर सरकारको सल्लाहकारका रूपमा पनि काम गर्नु भएका पत्रकार खशोग्गीको पछिल्लो समय राजपरिवारसँगको सम्बन्ध विग्रिएको थियो । 

राजपरिवारबाट टाढा भएपछि उनले अमेरिकामा निर्वासित जीवन विताउदै वाशिङ्टन पोष्टमा लेख लेख्दै आएका थिए । मासिक रुपमा स्तम्भ लेख्न थालेपछि उनले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गर्ने गरेका थिए । त्यही आलोचक भएकैले उहाँको हत्या भएको कतिपयको आशंका छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै