• २०८१ बैशाख ६ बिहीबार

आयुष्मानको 'बधाई हो' सय करोड क्लबमा 

kharibot

मुम्बई। बलिवुड अभिनेता आयुष्मान खुराना र सान्या मल्होत्रा स्टारर फिल्म ‘बधाई हो’ ले भारतीय बक्सअफिसमा सय करोडको व्यापार गरेको छ । यो सँगै सय करोडको व्यापार पुरा गरेसँगै बलिवुडमा यस बर्ष सय करोडको व्यापार गर्ने 'बधाई हो' दशौं फिल्म बनेको छ । फिल्मले प्रदर्शनको १७ दिनमा यो सफलता हासिल गरेको हो।  
 
यसभन्दा अगाडि यस वर्ष सय करोड क्लबमा केही ठूला बजेटका फिल्म त केही कम बजेटका फिल्म सामेल छन् । यस वर्ष सञ्जय लीला भंसालीको फिल्म 'पद्मावत' यो क्लबमा सबैभन्दा पहिला सय करोड कमाएको थियो। फिल्मले घरेलु बजारबाटै तीन सय करोड कमाएको छ । 
 
यसपछि राजकुमार हिरानीको फिल्म 'सञ्जू', टाइगर सराफको 'बागी २', सलमान खानको 'रेस ३', अक्षयकुमारको 'गोल्ड', राजकुमार रावको 'स्त्री', कार्तिक आर्यनको फिल्म 'सोनू के टीटू की स्वीटी', आलिया भट्टको 'राजी' र अजय देवगनको फिल्म 'रेड' ले शानदार प्रदर्शन गर्दै सय करोडभन्दा बढी कमाउन सफल भएका थिए ।

‘बधाई हो’ लाई क्रिटिक्स र दर्शक दुवैले निकै रुचाएका छन् । नीना गुप्ता, गजराज रावको पनि प्रमुख भूमिका रहेकोे यो फिल्म २० करोडमा निर्माण भएको हो । फिल्मको सफलतासँगै आयुष्मान बलिउडका शक्तिशाली अभिनेतामा दरिएका छन् । सन् २०१२ मा विक्की डोनर फिल्मबाट बलिवुडमा प्रवेश गरेका खुरानाको यो बलिवुडमा सय करोडको व्यापार गर्ने पहिलो फिल्म हो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै