• २०८१ बैशाख ८ शनिबार

रिलिजअघि केदारनाथ र हाउसफुल ४ को संकट ! 

kharibot

मुम्बई। बलिवुडमा रिलिज भन्दा अगाडी विवादमा आएका केहि फिल्मका बारेमा यस रिपोर्टमा चर्चा गरिएको छ।

यस सुचीमा सबै भन्दा अगाडी सारा अली खान र सुशान्त सिंह राजपुतको फिल्म 'केदारनाथ रहेको छ। अभिषेक कपुरले निर्देशन गरेको यो फिल्म रिलिज अगाडी विवादमा परेको छ।  लामो समय फिल्म निर्माता र निर्देशकको विवादले अहिले आएर रिलिजको तयारीमा रहेको यो फिल्मलाई लिएर अहिले भारतको सत्तारुढ दल भाजपा र विश्वहिन्दु परिषदले विवाद निकालेका छन्। उनीहरुले सारा र सुशान्तको किसीङ सिनलाई लिएर विवाद झिकेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

फिल्मको हालै रिलिज गरिएको ट्रेलरमा सुशान्त र साराको किसिङ सिन रहेको छ। हिन्दुहर को आस्थाको केन्द्र रहेको केदारनाथको नाम राखेर बनाइएको फिल्ममा मुस्लिम नायिकालाई किस गरेको भन्दै उनीहरुले यसले हिन्दुहरुको आस्थामा चोट पुगेको कुरा उठाएका छन्। उनीहरुले फिल्मलाई उत्तरखंडमा रिलिज नगर्न दबाब दिएका छन्। केदारनाथ आगामी डिसेम्बर ७ मा रिलिज हुदै छ। 

त्यसै हाल विवादमा रहेको अर्को फिल्म हो हाउसफुल ४। अत्यन्त सफल सिरिज मध्येको एक हाउसफुल सुटिंग हुदाहुदै विवादमा परेको छ। फिल्मका अभिनेता नाना पाटेकर र निदेशक साजिद खानलाई #MeToo अभियान अन्तर्गत यौन शोषणको आरोप लागेपछि फिल्मको मुश्किल बढेको हो।

निर्देशक साजिद खानले त फिल्म छोडिसकेका छन् भने नाना पाटेकरको ठाउमा पनि अर्का अभिनेता राणा दगुबातीलाई ल्याइएको छ । त्यस्तै फिल्मलाई अब फरहाद  सामजीले निर्देशन गर्ने भएका छन्। फिल्म सन् २०१९ को अक्टोबरमा रिलिज हुने छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै