पिपिएल फाइनल : पारसको अर्धशतकसँगै चितवनले पोखरालाई दियो १६१ रनको लक्ष्य

खरीबोट

काठमाडौँ।  नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को फाइनलमा चितवन राइनोजले पोखरा पल्टनलाई १६१ रनको लक्ष्य दिएको छ। आज टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै १६० रन बनाएको थियो। 

चितवन राइनोजका लागि कप्त पारस खड्काले ५१ रन बनाएका थिए। ३७ बलमा प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक बनाएका पारसले  ९ चौका हानेका थिए। चितवनका लागि भारतीय ब्याट्सम्यान सन्नी पटेलले तुफानी ब्याटिंग गर्दै २१ बलमा ४३ रन बनाएका थिए। त्यस्तै अनिलकुमार शाहले ३७ रनको योगदान दिएका थिए। त्यस्तै आरिफ सेखले अविजित १४ तथा हरिशंकर शाहले ८ रनको योगदान गरेका थिए। 

त्यस्तै पोखरा पल्टनका कृष्ण कार्कीले २ विकेट लिएका थिए भने मोहमद नावेद र ललित राजबंशीले एक एक विकेट लिएका थिए।  त्यस्तै चितवनका कप्तान पारस खड्काको विकेट पोखराले रनआउटको रुपमा लिएको थियो। 

सम्बन्धित समाचार

पिपिएलका उत्कृष्ट खेलाडी, कसले कुन पुरस्कार पाए ?

पोखरा।  पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा चितवन राईनोजका भारतीय खेलाडी सन्नी पटेल चुनिएका छन्।  सन्नी पटेलले चितवनका लागि ७ खेलमा ६४.६६ को औसतले १९४ रन बनाएका थिए भने

पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनले जित्यो

काठमाडौँ।  नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को उपाधि पोखरा पल्टनले जितेको छ । आज भएको फाइनलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पहिलो पिपिएलको उपाधि घरेलु टिम पोखराले जितेको हो . चितवन

पिपिएल फाइनल : पारसको अर्धशतकसँगै चितवनले पोखरालाई दियो १६१ रनको लक्ष्य

काठमाडौँ।  नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को फाइनलमा चितवन राइनोजले पोखरा पल्टनलाई १६१ रनको लक्ष्य दिएको छ। आज टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै १६०

पिपिएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै, यस्तो छ फाइनलसम्मको यात्रा 

काठमाडौँ। नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को अब फाइनल खेल मंगलबार हुदै छ। प्रतियोगिताको फाइनलमा पोखरा पल्टन र चितवन राइनोजले उपाधिका लागि आज खेल्दै छन्। बिहान ११ बजेदेखि हुने यस


z