• २०८१ बैशाख ७ शुक्रबार

पत्रकारिताप्रतिको अपराध राज्यविरुद्धको अपराध : मुख्यमन्त्री पोख्रेल

kharibot

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताएका छन् । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य सम्बन्धमा घोराहीमा आज भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले अपराधको निक्यौल गर्दै दोषीलाई दण्ड गर्ने अधिकार कुनै व्यक्ति, संस्था वा निकायलाई नहुने बताए ।

मुख्यमन्त्री पोख्रेलले नागरिकको आवाजलाई सरकार समक्ष पुर्याउने माध्यम पत्रकारिता भएकाले यसको दुरुपयोग हुनबाट रोक्नुपर्ने बताउँदै विकासको नाममा पत्रकारले विवादलाई महत्व दिन नहुने बताए । अबको समय विकास र समृद्धिको भएको भन्दै उनले पत्रकारिताप्रतिको अपराध राज्यविरुद्ध र लोकतन्त्रविरुद्धको अपराध भएको बताए ।

फ्रिड्म फोरमले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले अहिलेसम्म नेपालमा ३६ जना पत्रकारको हत्या र चार जनाको अपहरण भएको बताए । राज्यले घटनाको सत्यतथ्य छानबिन गरेर पीडितलाई न्यायको महसुस गराउन नसकेको उनले बताए ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै