फिल्म ‘गोर्खे’ को ‘सिन्की अचार’ गीत सार्वजनिक 

खरीबोट

काठमाडौँ। प्रदर्शन मिति घोषणा नगर्दै फिल्म ‘गोर्खे’ ले फिल्मको प्रचार आरम्भ गरेको छ । तिहारको उपहार स्वरुप निर्माण टिमले फिल्मको पहिलो गीत ‘सिन्की अचार’ इन्टरनेट रिलिज गरेको छ । गीतमा अभिनेता रविन्द्र प्रताप सेन र अभिनेत्री अञ्जली अधिकारी फिचर्ड रहेका छन् । 
 
छमछमी नाच्न मिल्ने गीतमा नग्वा फिन्जु पाख्रिनको शब्द तथा संगीत छ । स्वर अन्जु पन्त र आर सी रिमालले दिएका छन् । गीतमा अभिनेता सेन, अञ्जलीलाई लैजाने कुरा गर्दैछन् । शब्द, संगीत र गायनको गीतमा उत्कृष्ट संयोजन छ । गीतले बजार पिट्ने लक्षण देखाएको छ । 
 
सन्तोष ढकाल निर्देशित फिल्ममा अर्जुन गुरुङ, अश्मी लामा, अष्मिता श्रेष्ठ (रानी), एन्जल श्रेष्ठ, सरो तामाङ, सुजन थापा मगर, बलदीप राईलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मका प्रस्तुतकर्ता हरि लामा हुन् । तिर्थ कोजु र हरि थापा निर्मातामा छन् । 
 
कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई निराज कँडेलले खिचेका हुन् । शिव विकको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मले साहसी गोर्खालीको कथा वाचन गर्नेछ । फिल्मलाई यसै वर्ष प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको छ ।

सम्बन्धित समाचार

जसितालाई फकाउदै प्रदीप 

काठमाडौं । नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत मेरो आँगनीमा आज जुन उदायो...को भिडियो सोमबार रिलिज गरिएको छ ।  चलचित्र लिली

‘जात्रै जात्रा’ को माया पिरिम बोलको गीत सार्वजनिक

काठमाडौँ । फिल्म ‘जात्रै जात्रा’ को माया पिरिम बोलको गीत सार्वजनिक गरिएको छ ।  गीतमा  बिपिन कार्की र बर्षा राउतसँगै सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा शिर्पाइलीले

सिनेमा हलमा फेरि प्रदर्शन हुँदै ‘छक्का पञ्जा २’

काठमाडौँ । २०७४ सालको दशैंमा रिलिज भएको सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ पुनः हलमा लाग्ने भएको छ । दर्शकहरुको चाहना बमोजिम फिल्म रि-रिलिज गर्न लागिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले

'ट्रिब्युट टु मेगास्टार राजेश हमाल' कार्यक्रम आयोजना हुने 

काठमाडौँ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता राजेश हमाललाई ’ट्रिब्युट’ गर्ने जानकारी गराइएको छ । साधना कला केन्द्रले एक पत्रकार सम्मेलनको आयोजना गर्दै ’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ गर्न लागिएको


z