• २०८१ बैशाख ७ शुक्रबार

पिपिएलका उत्कृष्ट खेलाडी, कसले कुन पुरस्कार पाए ?

kharibot

पिपिएलको उपाधि जितेपछि पोखरा पल्टनका खेलाडीहरु।

पोखरा।  पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा चितवन राईनोजका भारतीय खेलाडी सन्नी पटेल चुनिएका छन्। 

सन्नी पटेलले चितवनका लागि ७ खेलमा ६४.६६ को औसतले १९४ रन बनाएका थिए भने ७ खेलमा १० विकेट लिदै प्रतियोगित मा दोस्रो धेरै विकेट लिने खेलाडी बनेका थिए। चितवनलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएका सन्नीले पीपीएलको सर्वोत्कृष्ट खेलाडी चुनिदै सुजुकीको एक थान मोटरसाइकल पाएका छन्। 

चितवन राइनोजकै करण केसी प्रतियोगिताको सर्वोत्कृष्ट बलर तथा काठमाडौं रोयल्सका गौरभ तोमर सर्वोत्कृष्ट ब्याट्सम्यान चुनिए। करण र तोमरले पनि सुजुकीको एक÷एक थान मोटरसाइकल पाए। करणले प्रतियोगितामा ७ खेलमा १२ विकेट लिदै प्रतियोगितामा धेरै विकेट लिएका थिए। त्यस्तै गौरभले ६ खेलमा २१२ रन बनाउदै धेरै रन बनाउने खेलाडीमा दोस्रो स्थानमा रहे भने बलिङतर्फ पनि ४ विकेट लिएका थिए।  

पोखरा पल्टनका रसीद खान उदीयमान खेलाडी चुनिए। त्यसबापत उनले ५१ हजार प्राप्त गरे। रसीद खानले ६ खेलमा ७ विकेट लिएका थिए। 
पोखरा पल्टनका अर्का खेलाडी ललितनारायण राजवंशी प्रतियोगिताको ‘मोष्ट भ्यालुएवल’ खेलाडी चुनिए। त्यस बापत उनले एक लाख एक हजार प्राप्त गरे। ललितले प्रतियोगितामा ६ खेलमा १० विकेट लिएका थिए। 

प्रतियोगिताका निर्देशकसमेत रहेका भारतीय उमेश पटुवाल नेतृत्वको समूहले प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीको चयन गरेको हो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी
सन्नी पटेल, चितवन राईनोज
सुजुकीको मोटरसाइकल

इमर्जिङ प्लेयर
रसीद खान, पोखरा पल्टन
५१ हजार

उत्कृष्ट बलर
करण केसी, चितवन राइनोज
सुजुकीको मोटरसाइकल

उत्कष्ट ब्याट्सम्यान 
गौरभ तोमर, काठमाडौं रोयल्स
सुजुकीको मोटरसाइकल

मोस्ट भ्यालुएवल खेलाडी
ललितनारायण राजवंशी, पोखरा पल्टन
एक लाख एक हजार 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै