• २०८१ बैशाख ७ शुक्रबार

दक्षिण कोरियामा काम गर्ने मेसिनमा च्यापिएर १ नेपालीको मृत्यु

kharibot

फाइल तस्बिर

काठमाडौँ / दक्षिण कोरियामा आज एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको छ । 

पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम कन्सुलर दिल्लीराम बाँस्तोलाले जानकारी दिए ।

तुम्बापो दुई वर्षअघि इपिएसमार्पmत कोरियामा एक प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए । मृतकको शवपरीक्षणका लागि अस्पतालमा राखिएको छ ।

नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै