कस्तो होला कांग्रेसको आर्थिक नीति ? सहमहामन्त्री महतको समितिले गर्दै छ तयारी

खरीबोट

काठमाडौँ / नेपाली काङ्ग्रेसले पार्टीको महासमितिको बैठकमा प्रस्तुत हुने आर्थिक नीतिसम्बन्धी प्रस्ताव तयारीलाई तीव्र गति दिएको छ । 

पार्टीले सो कार्यका लागि सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा आर्थिक नीति मस्यौदा समिति गठन गरेको थियो । समितिको आज बसेको बैठकले समग्र आर्थिक नीति मस्यौदा तयारीमा विज्ञहरु डा स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल, डा पोषराज पाण्डे, अच्युत वाग्ले र डा विश्व पौडेलसँग आवश्यक सहयोग लिने निर्णय गरेको छ । 

समितिले यसअघि आर्थिक नीति मस्यौदा तयारीका लागि आवश्यक सुझाव लिने क्रममा यही कात्तिक ९ गते गण्डकी प्रदेशको पोखरामा सो क्षेत्रका पार्टी सभापति तथा विज्ञको संलग्नतामा सुझाव लिने काम सम्पन्न गरिसकेको छ । 

त्यस्तै कात्तिक १० गते प्रदेश नं २ मा, कात्तिक ११ गते प्रदेश नं १ मा र कात्तिक १२ गते कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्लाका सभापति र विज्ञको संलग्नतामा सुझाव लिने काम सम्पन्न गरिसकेको पार्टी कार्यालयले जनाएको छ । 

कात्तिक २५ गते भक्तपुरमा प्रदेश नं ३ मा सुझाव सङ्कलन लिने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

साथै, राष्ट्रियस्तरका आर्थिक, सामाजिक क्षेत्रका विज्ञ र उद्योग व्यवसायी सङ्घसंस्थाका प्रतिनिधि, शुभेच्छुक र भ्रातृ सङ्घका केन्द्रीय प्रतिनिधिसँग पनि यही महीनाभित्र सुझाव सङ्कलन गरिसक्ने बैठकले निर्णय गरेको छ । 

सम्बन्धित समाचार

प्रदेशको राजधानी र नामका विषयमा दबाब दिन काँग्रेसको बुटवलमा प्रदर्शन 

बुटवल । नेपाली काँग्रेसले प्रदेश ५ को राजधानी घोषणा र नामाकरण गर्न माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ।  काँग्रेसले प्रदेशको स्थायी मुकाम रुपन्देही र नाम लुम्बिनी हुनुपर्ने भन्दै बिहीबार दबाबमुलक सभाको

अस्पताल बन्द गर्ने निर्णयप्रति जिपि फाउण्डेसनको ध्यानाकर्षण

काठमाडौँ ।  पुर्व प्रधानमन्त्रीद्धय गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट खुलेका अस्पताललाई सरकारले बिघट्नको तयारी गरेको भन्दै जिपि कोइराला फाउण्डेसले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  बुधवार बिज्ञप्ती जारी गरी फाउण्डेसनले

डा. केसीप्रति सरकार संवेदनहीन भएको कांग्रेसको आरोप 

काठमाडौं / नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार सातायता अनशनरत डा. गोविन्द केसीप्रति संवेदनहीन भएको आरोप लगाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएका

गिरिजा र सुशीलको नामका अस्पताल विघटन गर्ने तयारीमा सरकार, काँग्रेसको आपत्ति 

काठमाडौँ । गिरिजाप्रसाद स्वासप्रस्वास अस्पताल र सुशील कोइराला क्यान्सर अस्पताल स्वास्थ्य मन्त्रालयले विघटन गर्न लागेको भन्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । गिरिजाप्रसाद स्वासप्रस्वास अस्पताल तनहुँको दुलेगौडामा


z