राष्ट्रपतिले दिइन् तिहारको शुभकामना

खरीबोट

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन्  । 

राष्ट्रपति भण्डारीले नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन् । 

उनले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने उल्लेख गरेकी छिन  । 

तिहार पर्वमा प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने गरिन्छ । 

सम्बन्धित समाचार

भ्रष्टाचार आरोपी ब्राजिलका पूर्व राष्ट्रपतिद्वारा बयान दिन अस्विकार

ब्राजिल । भ्रष्टाचारको आरोपमा पक्राउ पर्नु भएका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन् । बयान लिनका लागि उनलाई सोधिएका प्रश्नहरुमा उनले मौन बसेर कुनै पनि प्रश्नको उत्तर

पनामाका पूर्व राष्ट्रपतिलाई २१ वर्ष जेल सजाय

पनामा । पनामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ । गोप्य सुचनाहरु चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्वन्ध राखेको अभियोग लगाइएको

भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति गुएइदोका सेना प्रमुख पक्राउ

काराकास, भेनेजुयला । भेनेजुयलाका स्वघोषित अन्तरिम राष्ट्रपति हुवाँ गुएइदोका सेना प्रमुख रोबेर्टो मारेरोलाई भेनेजुयलाका अधिकारीले जानकारी गराएका छन् ।  अमेरिका, यूरोपलगायतका अन्य केही मुलुकहरूद्वारा मान्यताप्राप्त नेता गुएइदो तथा विपक्षी दलले ट्वीटरमार्फत

राष्ट्रपति भण्डारीद्वारा पाँच आयोगमा अध्यक्षको नियुक्ति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको


z