• २०८१ बैशाख ७ शुक्रबार

झापामा आठ लाख मूल्यको अवैध पटाका नष्ट

kharibot

भद्रपुर / भारतबाट झापाका विभिन्न नाका हुँदै नेपाल भित्र्याइएको झन्डै रु आठ लाख मूल्य बराबरका पटका बरामद गरी नष्ट गरिएको छ । 

झापाको मेचीनगर, भद्रपुर, ज्यामिरगढी, कचनकवल, झापा, गौरीगञ्ज, कोरोवारीलगायतका नाकाबाट प्रहरीले बरामद गरेको रु सात लाख ९४ हजार ५४६ मूल्य बराबरको पटका आज पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको हो । 

नेपालमा प्रतिबन्धित पटका तिहार तथा छठ पर्वमा बिक्री वितरणका लागि अवैध रुपमा नेपाल भित्र्याइएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै