• २०८१ बैशाख १२ बुधबार

प्रदेश २ सरकारले ‘मदरसा बोर्ड गठन’ गर्ने

kharibot

फाइल तस्बिर

महोत्तरी / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदाय तराईका दलितभन्दा पछि परेकाले प्रदेश सरकारले ‘मदरसा बोर्ड गठन’ गर्न लागेको बताएका छन् । 

महोत्तरीको गौशालास्थित मदरसा गौसिया इमदादुल गुर्वाले आज यहाँ आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मदरसा बोर्डमा मुस्लिम समुदायका हरेक समस्या समेटिने बताए । 

उहाँले मदरसा शिक्षालाई रुपान्तरित गर्नुपर्ने आवश्यक रहेकाले अब मदरसामा पनि नेपाली, विज्ञान, गणित, अङ्ग्रेजीजस्ता विषयलाई समावेश गरी त्यहाँबाट वैज्ञानिक, इञ्जिनियर, डाक्टर बन्न सक्नेजस्ता शिक्षा दिनुपर्ने धारणा राखे । 

मुख्यमन्त्री राउतले समाज परिवर्तनका लागि निःसहाय, गरीब, विपन्न र दलित समुदायको शैक्षिकस्तरमा सुधार गर्नुपर्ने बताए । 

कार्यक्रममा सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, राज्यमन्त्री सरोज कुमार कुशवाहा लगायतका नेता तथा कार्यकर्ता सहभागिता थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै