फूलको उचित मूल्य नपाएपछि किसान चिन्तित

खरीबोट

फाइल तस्विर।

काठमाडौँ । नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन् ।

भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक किसानको छ ।

आफूले उत्पादन गरेको फूल बिक्रीका लागि काठमाडौँसम्म आइपुग्दा पनि लगानी अनुसारको मूल्य नपाएपछि काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिकाका शिवशङ्कर चौलागाईं निरास भएका छन् ।

“मेहनत गरेर यहाँसम्म फूल बिक्री गर्न ल्यायो, तर फूलले बजार नै पाउँदैन”, उनले भने । भारतीय फूलका मालाले बजार पाइरहेका बेला नेपाली मालाले भने बजार नपाउनु आफैँमा अशोभनीय रहेको चौलागाईंको भनाइ छ ।

उनले भने, “भारतीय फूल पसलमा सजाएर राखिन्छन्, तर नेपाली फूल सडक पेटीमा सजाएर राखिँदा पनि बिक्री हुन गाह्रो हुन्छ ।” भारतबाट फूल आयात नरोकिएसम्म नेपाली फूलको मालाले बजार नपाउने उनको भनाइ छ ।

स्वदेशमा उत्पादन हुने फूलको बजारमा खासै माग नभएको अनुभव काभ्रेकी समिता घिमिरेको छ । उनले भने, “काठमाडौँसम्म फूल बिक्री गर्न आयो, गाडीभाडासमेत उठ्दैन ।” धिमिरेका अनुसार फूल उत्पादक किसानलाई माथि उकास्न सरकार गम्भीर भएर लाग्न सक्नुपर्दछ ।

नेपाली बजारमा रु छ करोड ६० लाख मूल्य बराबरको फूलको कारोवार भइरहेको भनिरहँदा भारतबाट रु ४० लाखको फूल आयात भइरहेको जनाइएको छ । फ्लोरिकल्चर एशोसियनका उपाध्यक्ष रामजीप्रसाद तिमल्सिनाका अनुसार यस वर्षको तिहारमा ११ लाख माला खपत हुने अनुमान छ ।

बजारमा सयपत्री प्रतिमाला रु ४० देखि एकसयसम्म बिक्री भइरहेको छ भने मखमली प्रतिमाला रु २५ देखि ४० सम्म बिक्री भइरहेको छ ।

सम्बन्धित समाचार

जनकपुरमा मात्र तिहारमा ५० लाखको फूलमालाको कारोबार

धनुषा। यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको फूल आयात गरिएकामा

सलहेश फूलबारी पर्यटकीय क्षेत्रमा नयाँ आयाम थपिने

लहान। सरकारले पहिचान गरेको नयाँ पर्यटकीय गन्तव्यमा सलहेस फूलबारी परेपछि यस क्षेत्रमा नयाँ आयाम थपिने विश्वास लिइएको छ । सिरहा लहान नगरपालिका पडरियास्थित सलहेस फूलबारी सिरहाको प्रमुख पर्यटकीय स्थल छ । संस्कृति,

फूलको उचित मूल्य नपाएपछि किसान चिन्तित

काठमाडौँ । नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन् । भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक किसानको छ । आफूले

लक्ष्यभन्दा बढी कारोवार गर्दै गोदावरी फूलको मेला सकियो 

काठमाडौँ। बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लक्ष्यभन्दा रु १८ लाखले बढी कारोवार भएको छ । गत बिहीबारदेखि शुरु भएको मेला आज सकिएको हो ।  मेलामा रु ४५ लाख कारोवार हुने लक्ष्य


z