• २०८१ बैशाख ६ बिहीबार

कम्युनिष्ट सरकारले परिवर्तन ल्याउन सक्दैन : नेता सुरेन्द्र पाण्डे

kharibot

गोरखा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य सुरेन्द्र पाण्डेले कम्युनिस्ट सरकारले परिवर्तन ल्याउन नसक्ने बताएका छन्  । कम्युनिस्टको सरकारले जनचाहाना पूरा गर्न सक्ने जनमत पाएर पनि अहिलेसम्मको कार्यशैलीले परिवर्तनको संकेत नदेखाएको बताएका हुन् ।

संविधानको कार्यान्वयनमा नै प्रश्न उब्जिएको बताउदै मंगलबार अजिरकोट ४ सिम्जुङ गाउँ पाटीको आयोजनामा चण्डिभन्ज्याङमा भएको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै पाण्डेले काङ्ग्रेस सहयोगी भावनाका साथ अगाडि बढ्न खोज्दा पनि सरकारले काङ्ग्रेस को सहयोग लिन नचाहेको बताए ।

संविधानले गरेको मौलिक हकको व्यवस्था कार्यान्वयनमा चरणमा रहेको बताउदै प्रदेश सरकार र स्थानीय सकारबीच बेमेल, प्रदेश सरकार र केन्द्र सरकारको बिच समन्वयको अभावले गर्दा असजिलो अवस्था सिर्जना भएको बताए । स्थानीय सरकारलाई लक्ष्यित गर्दै पाण्डेले भने 'जनताको मन जित्दै समृद्धिको अभियानमा अगाडि बढ्नुस, कसैको धम्कीसँग नडराई निधक्क भएर जनताको पक्षमा काम गर्नुस् तपाईको पक्षमा सिङ्गो पाटी छ ।'

संसदीय व्यवस्थालाई बोकाको टाउको झुण्डाएर कुकुरको मासु व्यापार गर्ने पसल हो भन्ने कम्युनिष्टहरु पनि प्रजातन्त्रको विकल्प छैन भन्ने कुरालाई स्वीकार गर्दै काङ्ग्रेसकै बाटोमा आएको बताए ।

पाण्डेले भने, "अरुले ठुला कुरा गरेर पिठो बेचे हामीले चामल बेच्न सकेनौं ।"  पाटीमा बाहिर आएजस्तो मारामाको अवस्था नरहेको बताउदै विपक्षले अतिरञ्जित रुपमा बाहिर ल्याउने गरेको बताए । प्रजातान्त्रिक पाटीमा नेतृत्वका लागि प्रतिस्पर्धा हुनु स्वभाविक भएको बताउदै उनले सानातिना कुरालाई अतिरञ्जित गर्न नहुने बताए ।

सरकारले ठुला कुरा मात्र गरेको बताउदै रेल पानी जहाज भन्दा ग्रामीण सडक सुधारमा जोड दिनुपर्ने बताए ।

देवी दत्त दवाडीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला उपसभापति सुकदेव दवाडी, गण्डकी प्रदेशसभा सदस्य प्रकाश चन्द्र दवाडी,  अजिरकोट गापा अध्यक्ष फणिन्द्र धिताल, काङ्ग्रेस जिल्ला सदस्य महिला विभाग संयोजक मिना अधिकारी, काङ्ग्रेस क्षेत्र नं २ सभापति गोविन्द गुरूङ, अजिरकोट गापा उपाध्यक्ष चन्द्र माया गुरुङ, महाधिवेशन प्रतिनिधि ओम गुरुङ, काङ्ग्रेस जिल्ला सल्लाहकार सदस्य ऋषिराम लामिछाने, काङ्ग्रेस जिल्ला  परामर्श समिति सदस्य नवीन श्रेष्ठ, गोरखा नपा सभापति चन्दन बाबू श्रेष्ठ,  अजिरकोट ४का वडाध्यक्ष जंग बहादुर गुरुङ, तरुण दल जिल्ला प्रवक्ता सन्तोष दवाडी, लेकाली सहकारी ठमेलका अध्यक्ष केदार दवाडी, भुमे समाजका अध्यक्ष धन बहादुर गुरुङ, भुमे समाजको सस्थापक अध्यक्ष दया निधि दवाडी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै