काङ्ग्रेसले रचनात्मक र सङ्घर्षशील कार्यक्रम गर्ने : नेता खाँड

खरीबोट

धनुषा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले प्रदेश सरकारलाई अख्तियारी दिने र सङ्घीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्रीको गम्भीर्यता नदेखिएको बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभामा काङ्गे्रसका प्रमुख सचेतकसमेत रहेका खाँडले सरकारले संविधान विरोधी क्रियाकलाप गरिरहेको भन्दै सोकोविरूद्धमा काङ्ग्रेसले छठपर्वपछि रचनात्मक र सङ्घर्षशील कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

मुलुकमा हिंसा, महँगी, करवृद्धि, मूल्यवृद्धि र असुरक्षाका कारण जनता कष्टकर अवस्थामा रहेको उनको भनाइ थियो ।

उनले हजामदेखि जुत्ता पालिस गर्नेलाई कर लगाएको, करका कारण घर बेच्नुपर्ने अवस्था सिर्जना गरेको, महँगीले जनताको आम्दानी घट्ने क्रियाकलाप गरेकाले मुलुक अस्थिर बनेको बताए ।

सम्बन्धित समाचार

वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

पाल्पा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । उनले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए । प्रेस

सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले

सभापति देउवासहित काङ्ग्रेसका नेता म्याग्दीमा

बेनी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता आज म्याग्दी आएका छन् । सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासहित काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते

काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने भएको छ । बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनलगायत समसामयिक विषयमा छलफल तथा निर्णय हुने पार्टी


z