अमेरिकाको संसद्मा पहिलो पटक दुई मुस्लीम महिला निर्वाचित

खरीबोट

अमेरिका । अमेरिकी मतदाताहरुले दुई जना मुस्लीम महिलालाई संसद्मा निर्वाचित गरेका छन् । निर्वाचित दुबै जना डेमोक्र्याट हुन् ।

निर्वाचितमध्ये एक जना सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर छिन् । मिन्नेसोटा प्रदेशमा उनी विजयी भएकी हुन् ।

त्यसैगरी सामाजिक कार्यकर्ताका रुपमा क्रियासिल रशिदा तलैबी पनि संसद्का लागि निर्वाचित भएकी छन् ।

प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उनको जन्म अमेरिकाकै डिट्रोइटमा भएको समाचारमा जनाइएको छ ।

संसद्मा उनीहरुसँगै अर्का एक जना मुस्लीम पुरुष पनि गरी मुस्लीम समुदायबाट तीन जना निर्वाचित भएकी छन् ।

संसद्मा निर्वाचित अर्का मुस्लीम पुरुष अफ्रिकी अमेरिकी अन्ड्रे कर्सन छन् । उनी इन्डीयना प्रदेशमा दोस्रो पटक निर्वाचित भएका हुन् । उनले पनि डेमोक्र्याट पार्टीबाट प्रतिनिधित्व गर्छन् ।

अमेरिकाका नागरिकमा मुस्लीम समुदायप्रतिको नकारात्मक धारणा रहेकै बेला उनीहरुको जितलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

सम्बन्धित समाचार

चीन-अमेरिका विवादले घोषणापत्र जारी नगरी एपेक बैठक समाप्त

पपुआ न्यू गिनी । पपुआ न्यू गिनीमा विश्वका नेताहरुको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठकले अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ । सम्मेलनमा सहभागी विश्वका दुई महाशक्ति राष्ट्रहरु चीन

अदालतको निर्देशनपछि सीएनएनका पत्रकारको प्रेस पास फिर्ता 

वाशिंटन। सीएनएनका वरिष्ठ पत्रकार जिम एकोस्टा प्रेस पास फिर्ता गर्न अदालतले ह्वाइट हाउसलाई निर्देशन दिएको छ । मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्मविरुद्ध सीएनएनको तर्फबाट अदालतमा मुद्दा परेकाले जिम एकोस्टाको

कानुनी प्रक्रिया पुर्याएर थाइल्याण्ड-अमेरिका गएको हुँ - मुख्यमन्त्री राई  

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विज्ञप्ति सार्वजनिक गर्दै आफू कानुनी प्रक्रिया पुर्याएर उपचारका लागि थाइल्याण्ड गएको बताएका छन्। शुक्रबार राईले लामो विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो थाइल्याण्ड भ्रमण बारे

चर्चित लिक साइट विकिलिक्सका संस्थापक असान्जेविरुद्ध अमेरिकामा मुद्दा दर्ता

वासिङ्टन (रासस/एएफपी) । अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ ।  विकिलिक्सका अनुसार, अमेरिकी अभियोजनकर्ताहरुले अदालतमा शिलबन्दी अभियोगपत्र


z