• २०८१ बैशाख ८ शनिबार

राष्ट्रियताको जगमा राप्रपा एकता; अन्यथा आत्मरती !

kharibot

काठमाडौँ। तिहारकाे राेमान्चकतासंगै राजनीतिक वृतमा राप्रपा एकताकाे वहसकाे थालनीले मुलुककाे राजनीति गर्माएकाे छ,एकता भन्दा अगाडि जाँदा राप्रपा पटक पटक फुटनु र जुटनुमा के कारण छ ? त्यसको पटाक्षेप हुन जरुरी छ,राष्ट्रियता,हिन्दुत्व,संवैधानिक राजसंस्था लगायत सम्बर्धनवादी नारा वाेकेकाे पार्टी राप्रपा ती नाराहरू स्थापित नहुदै टुटफुट हुनु र पुन: जाेडिनु समयकाे माग हाे की वेमाैसमि वाजा हाे ?

याे विषयमा पनि गम्भिरतापुर्वक मनन् हुन जरूरी छ । हामी २ वर्ष अगाडि एक भएकाे थियाैं, त्याे एकता ४५ दिन पनि टिकाउन सकेनाै, एकता महाधिवेशनकाे तीन महिना नवित्दै पार्टी तीन टुक्रा भयाे,स्थानीय चुनाव समाप्त नहुँदै तथा संघिय संसदकाे चुनाव नजिक रहेकाे वेला हामीलाई फुटन कुन कुरा वा शक्तिले प्रेरित गर्याे वा याे सत्ता लिप्सा वा जुँघाकाे लडाई मात्र थियाे कि हामी राष्ट्रवादी शक्तिलाई कमजाेर पार्ने देशी/विदेशी शक्ति केन्द्रकाे 'ग्राण्ड डिजाईन' मा फस्याै ? यसको समीक्षा गरिनु पर्छ ।अहिलेकाे एकता वेमाैसमी वाजा हाे कि साच्चिकै राष्ट्रिय अावस्यकता हाे यसलाई पनि चिर्नु जरूरी छ ।

मुलुककाे राजनीतिमा अहिले ४ शक्ति विधमान छन,कम्युनिस्ट, काँग्रेस, क्षेत्रिय मधेशवादी दलहरू तथा राजसंस्था र हिन्दुत्वकाे फरक पहिचान सहितकाे राष्ट्रिय प्रजातन्त्र पार्टी, ठुलाे वा सानाे जुन रूपमा भएपनि मुलुकमा हाल अस्तित्वमा रहेका दलहरू यिनै हुन।

०६२/६३ काे परिवर्तन पश्चात मुलुककाे राजनीतिमा नयाँ शक्ति माअाेवादीकाे उदय भयाे, त्याे राप र तापमा एमाले, काँग्रेस गल्याे, माअाेवादीकाे माग सम्वाेधन हुनेगरि १२ वुँदे दिल्ली सम्झाैता पश्यात राजसंस्था विरूद्ध माेर्चावन्दी भयाे, अान्दाेलन पछि राजासँग भएकाे "जेन्टलमेन एग्रिमेन्ट" बाट दलहरू पछि हटे। रातारात जनताले थाहै नपाई मुलुक धर्म निरपेक्ष बन्याे। त्याे माअाेवादीकाे ताताे अागाेकाे लपेटामा काग्रेस, एमाले, तत्कालीन राप्रपा लगाएतका दलहरूले माअाेवादीका सवै मुद्दा स्विकारेर अाफुलाई राजनीतिकाे मुल धारमा ल्याउने काेशिस गरे, ठिक त्यहि वेला वैकल्पिक मार्गचित्र सहित राप्रपा नेपालकाे जन्म भयाे। 

लेखक : विजय खड्का 

याे वगिरहेकाे खाेलाकाे धारकाे विचमा वसेर धार परिवर्तन गर्न खाेजे सरहकाे जाेखिमपुर्ण कार्य थियाे। अलिकति खुट्टा चिप्लिनु साथ सदाकाे लागि खाेलामा वगिने खतरा थियाे। अाधिँ, हुरिकाे विचमा बस्नु सरहकाे दुस्साहस थियाे। यस्ताे कठिन परिस्थितिलाई चिर्दै राप्रपा नेपाल मुलुककाे क्षितिजमा एउटा नयाँ सम्भावना बोकेको राष्ट्रवादी पार्टीको रूपमा नेपाली जनतामाझ उदायाे।

संविधान सभामा यस्ले सवै दलहरूलाई चुनाैति मात्र दिएन, संविधानकाे विपक्षमा मतदान गरेर अाफ्नाे एजेन्डाकाे रक्षार्थ उभियाे। पटक पटक सडक संघर्ष गर्याे, तैपनि संसदमा थाेरै संख्या तथा सडकमा सवै हिन्दुवादी र राजावादीकाे साथ नपाएपछि र संविधान वनेपछि सडक संघर्षकाे अाैचित्य पनि समाप्त भयाे। त्यसपछि राप्रपा नेपालले संविधानलाई अालाेचनात्मक समर्थन र प्रयाेग गर्दै सडक संघर्षद्वारा अाफ्नाे एजेन्डा स्थापित गर्नतर्फ अगाडि वढ्याे। त्यसै क्रममा तत्कालीन राप्रपा नेपाल र राप्रपाकाे एकीकरण भयाे। नाम राप्रपानै रहेपनि यस्काे सिद्धान्त,नेतृत्व र चुनाव चिन्ह लगायतकाे अात्मा राप्रपा नेपालकाे नै रह्याे।

यसरी स्थापना कालमा ४ सिटमा सिमित राप्रपा नेपाल २५ सिट हुँदै एकीकरण पछिकाे राप्रपा ३७ सिटमा पुग्याे। यसको एेतिहासिक महाधिवेशनमा स्वदेश तथा प्रवासका २५ देशका करिव ३५०० महाधिवेशन प्रतिनिधिले सहभागीता जनाएका थिए। एेतिहासिक एकता महाधिवेशन पश्चात याे पार्टी मुलुककै एउटा जिम्मेवार र मुख्य शक्तिमा पुनः स्थापित भयाे। महाधिवेशनमा केपी अाेली, प्रचण्ड, शेरवहादुर देउवाले राप्रपा मुलुककाे अग्रणि शक्ति भएकाे उद्घघाेष गरे। 

जनताले राप्रपालाई वैकल्पिक शक्तिकाे रूपमा वुझेका थिए,पटक पटककाे सत्ता गमन जनतालाई त्यति मन परेकाे थिएन,जनता शक्तिशाली राप्रपा वनाएर राज्य व्यवस्था परिवर्तन गर्न चहान्थे सत्ता र शक्तिकाे चास्निमा डुव्दा नेतृत्व जनतावाट टाढिदै गयाे। त्यस्तै केही स्वदेशी तथा विदेशी शक्तिलाई राप्रपाकाे एकीकरण तथा याे पार्टी शक्तिशाली भएकाे मन परेकाे थिएन। यिनै तत्वहरूले राप्रपा नेतृत्वकाे विरूद्ध विष वमन गर्न थाले। नेतृत्व कमजाेर भएपछि मुद्दा कमजाेर हुन्छ । त्यसपछि याे एजेन्डालाई सदाको लागि समाप्त गर्न सकिन्छ भन्नेले राप्रपा नेपालकै धेरै मानिसलाई प्रयाेग गरेर नेतृत्व र पार्टीलाई कमजाेर वनाउन अहम भुमिका खेले।

बाहिरका सत्रुसंग लडन सकिन्छ, अाफ्नैका विच लडनु पर्दा कमजाेर हाेईन्छ। यिनै तत्वकाे संलग्नतामा राप्रपा तीन टुक्रा भयाे। नेतृत्वकाे बदनाम गर्न एउटा जत्थालाई नै सक्रिय गराईयाे। याे उत्साहविहिन परिस्थितिमा संघिय सांसदकाे चुनावमा जाँदा तीनै राप्रपा नराम्ररी पछारियो। अहिले त्यहि निर्वाचन परिणाम राप्रपा एकताकाे काेशेढुङ्गा सावित भएकाे छ।

हामीले धेरै पटक सत्ताकाे लुछाचुडि गर्याै। कहिले काहीँ नीति सिद्धान्तकाे पनि लडाई लड्याै। कहिले जुँगाकाे लडाई लड्याै। याे लडाईकाे  बीच ०४७ देखि राप्रपामा लागेर यहि पार्टीमा भविष्य देख्ने युवाहरूकाे भविष्य अहिले अन्याेलमा छ। राप्रपा जनता र कार्यकर्ताकाे भन्दा नेताहरूकै पार्टी वन्याे,याे एकताले यी विषयहरूलाई पनि चिर्न सक्नु पर्दछ।

अहिलेकाे एकता माेर्चा वा गठवन्धन वनाउन वा वलियाे प्रजातान्त्रिक शक्ति निर्माण गर्न अथवा कम्युनिस्ट सरकारकाे विरूद्ध माेर्चावन्दी गर्न भएकाे भन्ने पनि केही पत्रिका तथा अनलाइनमा हाम्रै साथिहरूले सेयर गरेकाे न्युज पढन पनि पाईयाे।  याे एकता राष्ट्रवादी शक्तिलाई मजवुद बनाउन हुनु पर्दछ। कसैकाेविरूद्ध माेर्चावन्दी भन्दा अाफ्नै बलमा संघर्ष गर्नु पर्दछ। कम्युनिस्टलाई साथ दिएर गणतन्त्र र धर्मनिरपेक्ष वनाउने काग्रेस पनि हाम्राे लागि कम्युनिस्ट समदुरिमा छन। कसैकाे सहयाेगी हुन,याे एकता हैन।

हिन्दुराष्ट्र, राजसंस्था, अार्थिक समृद्धि लगायतकाे मुद्दाहरूमा अाफ्नै बलमा अान्दाेलन गर्दै समान विचारधारा भएका पार्टी, समूह, व्यक्तिसंग सहकार्य र समझदारी वढाउदै हाम्रा मुद्दाहरूलाई सशक्त वनाउदै अघि वढे हाम्राे भविष्य छ र याे एकतकाे सार्थकता रहन्छ।

एेतिहासिक महाधिवेशनकाे जगमा राप्रपा एकता अब कहिले नफुटने, सवैले सम्मानकाे अनुभव गर्ने, जनता कहिले निराश नहुने तथा नीति,कार्यक्रम र सिद्धान्तमा अडिग पार्टीकाे रूपमा जनतामा छाप छाेडने पार्टीको पहिचान बनाेस। अब बुढाखाडाकाे मात्र हैन, २१ शताब्दीकाे चुनाैती सामना गर्न सक्षम नेतृत्व विकाश गरेर राप्रपालाई युवा मैत्री पार्टी वनाउन याे एकता सहायक सिद्ध हुन सकाेस, नेपालमा एउटा राष्ट्रवादी, सम्वर्धनवादी पार्टीको खडेरि टार्न सफल हाेस, सवैलाई तिहारकाे शुभकामना ।

लेखक विजय खडका हाल राप्रपाका केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख रहेका छन्)
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै