युभेन्टसविरुद्ध म्यानचेस्टर युनाइटेडको शानदार कमब्याक

खरीबोट

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले युभेन्टसलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ।  गएराती युभेन्टसको घरेलु मैदानमा भएको खेलमा युनाइटेड २-१ गोल अन्तरले विजयी भएको हो।

युनाइटेडले खेलको अन्तिम ४ मिनेटमा २ गोल गर्दै खेलमा उत्कृष्ट कम्ब्याक गरेको थियो। युनाइटेडका लागि सब्स्टिच्युटको रुपमा मैदानमा आएका जुवान माटाले खेलको ८६औ मिनेटमा गोल गरेका थिए भने खेलको ८९औ मिनेटमा युभेन्टसका एलेक्स सान्ड्रोले आत्मघाती गोल गरेका थिए।

यसअघि खेलको ६५औ मिनेटमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोले आफ्नो पुर्वक्लब युनाइटेडविरुद्ध गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए। 

युनाइटेड १९९९ मा बायर्न म्युनिखसँगको खेलपछि पहिलो पटक च्याम्पियन्स लिगमा अन्तिम ५ मिनेटमा २ गोल गरेर खेलमा फर्किएको हो। युभेन्टस सन् २००९-१० को च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग पराजित भएपछि पहिलो पटक घरेलु मैदानमा पराजित भएको छ। 

 समुह एचमा अब युभेन्टस ४ खेलमा ९ अंक सहित शिर्ष स्थानमा छ भने म्यानचेस्टर युनाइटेड ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ।  
 

सम्बन्धित समाचार

रोनाल्डोविरुद्ध युइएफएले छानबिन थाल्यो, एक खेलमा प्रतिबन्ध लाग्न सक्ने  

काठमाडौँ । च्याम्पियन्स लिगमा एथलेटिको म्याड्रिडविरुद्धको खेलपछि रोनाल्डोले एथलेटिकोका फ्यानतर्फ संकेत गर्दै गरेको व्यवहार अनुशासनहिनताको दायरामा आएको भन्दै युइएफएले छानबिन गर्ने भएको छ ।  युइएफएले एक विज्ञप्ति जारी गर्दै यस प्रकरणलाई

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, को कुन क्लबसँग परे ?

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका बार्सिलोना, लिभरपुल, युभेन्ट्स, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, पोर्टो र एजाक्सबीच आज ड्र गरिएको हो । आज

ह्याट्रिक पछिको सेलेब्रेसनले रोनाल्डोलाई प्रतिबन्ध लाग्न सक्ने !

काठमाडौँ । विश्व फुटबलमा यो साता युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक चर्चामा रह्यो । रोनाल्डोको ह्याट्रिकको मद्धतले युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।  एथलेटिको म्याड्रिडविरुद्धको खेलपछि रोनाल्डोले एथलेटिकोका फ्यानतर्फ संकेत

मेसी भन्छन्,‘रोनाल्डोको ह्याट्रिकले आश्चर्य बनायो’ 

काठमाडौँ । लियोनेल मेसीले क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकबाट आफु आश्चर्यमा परेको बताएका छन् । गएराती फ्रेन्च क्लब लियोनलाई ५-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुर्याएपछि प्रतिक्रिया दिदै मेसीले रोनाल्डोको


z