• २०८१ बैशाख ७ शुक्रबार

युभेन्टसविरुद्ध म्यानचेस्टर युनाइटेडको शानदार कमब्याक

kharibot

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले युभेन्टसलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ।  गएराती युभेन्टसको घरेलु मैदानमा भएको खेलमा युनाइटेड २-१ गोल अन्तरले विजयी भएको हो।

युनाइटेडले खेलको अन्तिम ४ मिनेटमा २ गोल गर्दै खेलमा उत्कृष्ट कम्ब्याक गरेको थियो। युनाइटेडका लागि सब्स्टिच्युटको रुपमा मैदानमा आएका जुवान माटाले खेलको ८६औ मिनेटमा गोल गरेका थिए भने खेलको ८९औ मिनेटमा युभेन्टसका एलेक्स सान्ड्रोले आत्मघाती गोल गरेका थिए।

यसअघि खेलको ६५औ मिनेटमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोले आफ्नो पुर्वक्लब युनाइटेडविरुद्ध गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए। 

युनाइटेड १९९९ मा बायर्न म्युनिखसँगको खेलपछि पहिलो पटक च्याम्पियन्स लिगमा अन्तिम ५ मिनेटमा २ गोल गरेर खेलमा फर्किएको हो। युभेन्टस सन् २००९-१० को च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग पराजित भएपछि पहिलो पटक घरेलु मैदानमा पराजित भएको छ। 

 समुह एचमा अब युभेन्टस ४ खेलमा ९ अंक सहित शिर्ष स्थानमा छ भने म्यानचेस्टर युनाइटेड ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै