काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले भिक्टोरिया प्ल्जेनविरुद्ध शानदार जित हासिल गरेको छ। गएराती भएको खेलमा रियलले भिक्टोरियाविरुद्ध ५-० गोल अन्तरले पराजित गरेको छ।
रियल म्याड्रिडको जितमा करिम बेन्जामाले २ गोल गरेका थिए भने ग्यारेथ बेल, कासामेरो र टोनी क्रुजले एक एक गोल गरेका थिए। सान्टियागो सोलारी अन्तरिम म्यानेजर बनेपछि रियल म्याड्रिडको यो लगातार तेस्रो जित हो। यस खेलमा २ गोल गर्दै बेन्जामाले रियल म्याड्रिडका लागि २ सयौ गोल गरेका छन्।
जितपछि रियल म्याड्रिडको समुह जीमा ४ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ भने एएस रोमा पनि ४ अंकमा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ।