• २०८१ बैशाख ८ शनिबार

विजयी लयमा रियल म्याड्रिड, भिक्टोरियाविरुद्द ५-० को जित 

kharibot

काठमाडौँ।  च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले भिक्टोरिया प्ल्जेनविरुद्ध शानदार जित हासिल गरेको छ। गएराती भएको खेलमा रियलले भिक्टोरियाविरुद्ध ५-० गोल अन्तरले पराजित गरेको छ। 

रियल म्याड्रिडको जितमा करिम बेन्जामाले २ गोल गरेका थिए भने ग्यारेथ बेल, कासामेरो र टोनी क्रुजले एक एक गोल गरेका थिए। सान्टियागो सोलारी अन्तरिम म्यानेजर बनेपछि रियल म्याड्रिडको यो लगातार तेस्रो जित हो।  यस खेलमा २ गोल गर्दै  बेन्जामाले रियल म्याड्रिडका लागि २ सयौ गोल गरेका छन्। 

जितपछि रियल म्याड्रिडको समुह जीमा ४ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ भने एएस रोमा पनि ४ अंकमा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै