लक्ष्मी पूजा गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी

खरीबोट

फाइल तस्बीर

भादगाउँ। मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुङ्गेलको कोठामा आगलागी हुँदा रु ११ लाख बराबरको सामान क्षति भएको हो । 

लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी भएको सानोथिमिस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले बताए । “सोही घरको भुई तलामा किराना पसल सञ्चालन गर्दै आउनुभएका ढुङ्गेलले लक्ष्मी पूजा गरी बत्ती बालेर आफन्तको घरमा खाना खान गएका बेला अचानक विद्युत् सर्ट भई आगलागी भएको हो”, उनले भने । 

आगलागीबाट करीब १० तोला सुन, नगद रु पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थानलगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए ।करीब ७ बजेर ४५ मिनेटमा लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासले करीब ९ बजे निभाइएकोे थियो । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । 

सम्बन्धित समाचार

सुख्खायाम सुरु भएसँगै बारामा आगलागीको त्रास, के छ पूर्व तैयारी ?

बारा । चैत महिनासँगै सुख्खायाम सुरु भएको छ र आगलागीको त्रास् पनि बढेको छ । यो समयमा आगलागीको खतरा बढी हुँने गर्दछ । आगो जन्य बस्तुहरु प्रति असावधानीले अचानक तपाईँको

पाँचथरमा आगलागीमा परी छ घर नष्ट

पाँचथर । पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा

सिमरास्थित हुलास स्टिलमा आगलागी , ४० लाखभन्दा बढीको क्षति

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालीका सिमरामा रहेको हुलास स्टिल ईन्ड्रिस्टीजमा शनिवार आगलागी भएको छ । अपरान्ह् १२ बजे हुलास स्टिलको कुलिङ्ग टावरमा आगलागी भएको हो । आगलागीको कारण बारे अहिले सम्म

मखन आगलागीको क्षति विवरण संकलन गर्न मेयर शाक्यको निर्देशन 

काठमाडौं । आगलागीको क्षति बुझ्न र पीडितको कुरा सुन्न, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य (आज) सोमबार बिहान मखन यट्खा पुगेका छन् ।  महानगरको २४ वडामा पर्ने यस स्थानमा गएको बिहीबार मध्यान्न १२


z