शङ्खधर साख्वा न्याय र समानताका अभियान्ता : प्रधानमन्त्री ओली

खरीबोट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्का प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताएका छन् । नेपाल संवत् ११३९को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गरेको शुभकामना सन्देशमा उनले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शाख्वाःकै योगदानका कारण नेपालको मौलिक संवत् नेपाल संवत् प्रचलनमा आएको बताउँदै प्रधानमन्त्रीले उनको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे । नेपाल संवत् प्रारम्भको घटना नै प्रेरणादायी भएको उल्लेख गर्दै “शंखधर शाख्वाःले ११३९वर्ष अघि ऋणमा बाँधिएका गरिब किसानहरूलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराएका थिए ।

त्यही बेलादेखि सुरु भएको नेपाल संवत्ले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनाको बारेमा बताउदै आएको छ,” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् । साथै उनले नेपाली समाजको गौरवशाली विगत र मूल्यमान्यतालाई अक्षुण्ण राख्नसमेत यो संवत्ले हामीलाई झक्झक्याउदै आएको बताए ।

शङ्खधर शाख्वाःले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराइ स्वतन्त्रता दिलाएकै कारण उनी शताब्दीऔंपछि पनि नेपालीको मानसपटलमा बस्न सफल हुनुभएको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरे ।

“काठमाडौँ उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने ,नेपाल संवत्का प्रवर्तक,समाज सुधारक तथा प्रगतिशील व्यक्तित्व शङ्खधर साख्वाको विशेष स्मरण गर्न चाहन्छु”प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भने ।

सम्बन्धित समाचार

देश तिब्र परिवर्तनको क्रममा छ – प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तिव्र परिवर्तनको क्रममा रहेको बताएका छन् ।  गीतकार एवं पूर्व प्रधानमन्त्री जे.एन.खनालको गीती एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सो

लगानी सम्मेलनका लागि साझा धारणा आवश्यक छ : प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता हुने लगानी सम्मेलनलाई सफल तुल्याउन सरकारी र निजी क्षेत्रबीच साझा धारणा बनाएर अघि बढ्नुपर्ने औल्याएका छन् । उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद्को आज

बुटवलमा प्रदेशस्तरीय मेडिकल कलेज बन्ने, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन 

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गरेका छन् । सरकारको एक प्रदेश एक मेडिकल कलेजको

पार्टी एकता आकस्मिकरुपमा टुंगिन्छन् – प्रधानमन्त्री ओली 

भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् । भैरहवा विमानस्थलमा आज पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिकरुपमा टुंगिने


z