काङ्ग्रेसभित्रको झगडाका कारण चुनावमा हार– सभापति देउवा

खरीबोट

भक्तपुर। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन्  । दीपावली, नेपाल संवत् २०३९ तथा छठ पर्वको अवसरमा आज नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले भने, “नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुपरयो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो ।” 

काङ्ग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिङ्गो पार्टीले हार व्यहोनुर््परेको उल्लेख गर्दै उनले काङ्ग्रेसभित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्छ भन्ने संस्कार बसाल्नु अति आवश्यक रहेको बताए । 

सभापति देउवाले चुनावमा भएको हारबाट नेपाली काङ्ग्रेसले धेरै ठूलो पाठ सिक्नुपर्ने चर्चा गर्दै हारबाट हतोत्साही र निरशा नभई अबको चुनाव जितमा परिणत गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा उनले जय नेपाल स्मारिकाको विमोचन गर्नुका साथै काङ्ग्रेसका नेताद्वय राजनकाजी त्वाती र पवन भुजुलाई सम्मान गरे । 

नेपाली काङ्ग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, जिल्ला सचिव उद्धव सिलवाल, जिल्ला सचिव निशान ढुङ्गेल, क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमाली, तरुण दलका जिल्ला अध्यक्ष राजु थापालगायतले नेपाली काङ्ग्रेसलाई साङ्गठनिक रूपमा एकताबद्ध बनाएर लैजानुपर्ने आजको आवश्यकता रहेको बताए । 

सम्बन्धित समाचार

वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

पाल्पा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । उनले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए । प्रेस

विप्लव समूहलाई प्रतिबन्ध राम्रो कार्य : सभापति देउवा

विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुरा गर्दै उनले सार्वजनिक

वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ : सभापति देउवा

पोखरा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने

सरकार र राउतबीचको वार्ता सकारात्मक : सभापति देउवा

म्याग्दी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “देशलाई विभाजन


z