काङ्ग्रेसभित्रको झगडाका कारण चुनावमा हार– सभापति देउवा

खरीबोट

भक्तपुर। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन्  । दीपावली, नेपाल संवत् २०३९ तथा छठ पर्वको अवसरमा आज नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले भने, “नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुपरयो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो ।” 

काङ्ग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिङ्गो पार्टीले हार व्यहोनुर््परेको उल्लेख गर्दै उनले काङ्ग्रेसभित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्छ भन्ने संस्कार बसाल्नु अति आवश्यक रहेको बताए । 

सभापति देउवाले चुनावमा भएको हारबाट नेपाली काङ्ग्रेसले धेरै ठूलो पाठ सिक्नुपर्ने चर्चा गर्दै हारबाट हतोत्साही र निरशा नभई अबको चुनाव जितमा परिणत गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा उनले जय नेपाल स्मारिकाको विमोचन गर्नुका साथै काङ्ग्रेसका नेताद्वय राजनकाजी त्वाती र पवन भुजुलाई सम्मान गरे । 

नेपाली काङ्ग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, जिल्ला सचिव उद्धव सिलवाल, जिल्ला सचिव निशान ढुङ्गेल, क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमाली, तरुण दलका जिल्ला अध्यक्ष राजु थापालगायतले नेपाली काङ्ग्रेसलाई साङ्गठनिक रूपमा एकताबद्ध बनाएर लैजानुपर्ने आजको आवश्यकता रहेको बताए । 

सम्बन्धित समाचार

अन्तरघातीलाई कारवाही गर्छु : सभापति देउवा

विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीभिक्र अन्तरघात गर्नेलाई कारवाही गर्ने अठोट व्यक्त गरेका छन् । पिताजी कृष्ण कोइराला स्मृति परिषद्द्वारा आज यहाँ आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा राजनीतिक विश्लेषक नरहरि

सरकारले जनताको पक्षमा ठोस काम गरेन : सभापति देउवा

मोरङ । नेपाली काङ्ग्रेका सभापति शेरबहादुर देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको काम कारवाहीबाट जनतामा

गुट अन्त्य नभएसम्म काङ्ग्रेस बलियो हुन सक्दैन : सभापति देउवा

काठमाडौं / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्र

असंसदीय शब्द हट्यो, राम्रो भयो : सभापति देउवा

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघिको संसद्मा बोलिएको असंसदीय शब्दलाई तत्काल हटाउन सभामुखले हिम्मत गर्न नसकेको बताएका छन् । शनिबार पत्रकारसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै पूर्वप्रधानमन्त्री देउवाले संसद्मा प्रधानमन्त्रीले


z