Skip This

ठग्स अफ हिंदोस्तानले बक्सअफिसमा पहिलो दिन तोड्यो कैयौ रेकर्ड 

खरीबोट

मुम्बई। बलिवुडमा नोभेम्बर ८ मा रिलिज भएको फिल्म ठग्स अफ हिंदोस्तानले रिलिज दिनमा नै कैयौ रेकर्ड तोडेको छ।  आमिर खान, अमिताभ बच्चन, फातिमा सना शेख र कटरीना कैफ स्टारर फिल्म हिन्दी, तामिल र तलेगु गरि तीन भाषामा रिलिज भएको यस फिल्मले पहिलो दिन ५२.२५ करोड भारतीय रुपैयाको व्यापार गरेको छ। 

ठग्स अफ हिंदोस्तानलाई भारतमा तीन भाषामा गरि ७ हजार स्क्रिनमा रिलिज गरिएको छ,जुन अहिलेसम्म भारतमा रिलिज गरिएको कुनै पनि फिल्मको धेरै स्क्रिनमा गरिएको रिलिज हो। यस बाहुबलीलाई ६५ सय स्क्रिनमा रिलिज गरिएको थियो। 

त्यस्तै ठग्स अफ हिंदोस्तान एकै दिनमा धेरै कलेक्सन गर्ने फिल्म बनेको छ।  फिल्म विश्लेषकले राम्रो रिभ्यु नदिएका भएपनि फिल्मले पहिलो दिन ५२ करोड २५ लाख कलेक्सन गरेको फिल्म विश्लेषक तरण आदर्शले बताएका छन्। 

साथै फिल्म यस बर्ष एक दिनमा धेरै कलेक्सनको रेकर्ड पनि बनाएको छ।  यसअघि फिल्म संजुले ३४.७५ करोड व्यापार गरेको थियो। त्यसै गरि दिपावलीमा रिलिज गरिएको फिल्मले पनि धेरै व्यापार गर्ने रेकर्ड बनाएको छ। यस अघि दिपावलीमा रिलिज गरिएको फिल्म ह्यापी न्युइयरले पहिलो दिन ४४.९७ करोड व्यपार गरेको थियो। 

ठग्स अफ हिंदोस्तान यश राज ब्यानरमा बनेको अहिलेसम्मको ठुलो बजेटको फिल्म भएको बताइएको छ।  फिल्ममा २४० करोड लगानी लागेको मिडिया रिपोर्टमा बताइएको छ। साथै यस फिल्मले अभिनेता आमिर खानको धुम ३ को रेकर्ड तोड्दै धेरै व्यापार गरेको छ।  धुम ३ ले पहिलो दिन ३६.२२ करोड व्यापार गरेको थियो। 

सम्बन्धित समाचार

बलिवुड गायक मिका सिंह फेरी पक्राउ 

मुम्बई। बलिउडका चर्चित गायक मिका सिंहलाई युएइमा प्रहरीले फेरी हिरासतमा लिएको छ । मिका सिंह एक किशोरीले यौन शोषणको आरोपमा पक्राउ परेका हुन् । यसअघि युएइमा गत विहिबार पक्राउ परेका मिकालाई

बलिवुड गायक मिका सिंह दुबईमा पक्राउ

मुम्बई। बलिउडका चर्चित गायक मिका सिंहलाई दुबईको अबुधाबीमा प्रहरीले हिरासतमा लिएको छ । मिका सिंह एक किशोरीले यौन शोषणको आरोपमा पक्राउ परेका हुन् ।  ब्राजिलकी १७ वर्षकी एक किशोरीले उनलाई यौन

बलिवुडमा बरुण धवनको छलाङ, बने महंगा अभिनेता  

मुम्बई। बलिवुडका नयाँ पिढीका चर्चित अभिनेता बरुण धवन युवा अभिनेता धेरै पारिश्रमिक पाउने अभिनेता बनेका छन्। बरुणको बक्स अफिसमा लगातार  फिल्म सफल भएपछि उनले एबीसीडीको नयाँ सिरिजमा महँगो पारिश्रमिक लिएर

बलिवुड अभिनेता राजपाल यादवलाई तीन महिनाको जेल सजाय, दिल्लीबाट पक्राउ 

मुम्बई। बलिउडका चर्चित हास्य कलाकार राजपाल यादवलाई दिल्लीको उच्च अदालतले चेक बाउन्सको मुद्धामा ३ महिनाको जेल सजाय सुनाएको छ ।  राजपाल यादवले सन् २०१० मा फिल्म निर्माणका  लागि लिएको ५ करोडको


z