• २०८१ बैशाख १२ बुधबार

कुटपिटबाट ज्यान गएपछि प्रहरीको नियन्त्रणमा आठ व्यक्ति

kharibot

नवलपरासी । पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

बिहीबार राति जिल्लाको सुनवल नगरपालिका वडा नं १० स्थित गैँडाखाल गाउँमा युवाबीच आपसी विवाद हुँदा कुटपिटसमेत भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा परी गम्भीर घाइते भएका सुनवल–१ बस्ने करिब ३०/३२ वर्षीय गङ्गा कुमालको मृत्यु भएको हो । कुमाललाई इलाका प्रहरी कार्यालयले जिल्ला अस्पताल परासीमा उपचारका लागि पुर्याएकामा अस्पतालले राति नै मृत घोषणा गरेको थियो ।

उनको टाउकामा गहिरो चोट लागेको थियो । अर्का गम्भीर घाइते सोही ठाउँ बस्ने १६/१७ वर्षीय राम कुँवरको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनको पनि टाउकामा चोट लागेको थियो ।

कुटपिटमा भाटो र चिर्पट प्रयोग भएको प्रहरीले जनाएको छ । के कारणले र कसले कुटपिट गरेको भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सोही दिन नौजना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

सोधपुछपछि छजनालाई सोही दिन छोडिएको र बाँकी तीनजनासहित थप पाँचजनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए । अहिले प्रहरी नियन्त्रणमा आठजना रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै