• २०८१ बैशाख १३ बिहीबार

अर्को वर्ष हुने महिला विश्वकपको अहिले नै लाखौँ टिकट बिक्री

kharibot

पेरिस। अर्को वर्ष सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेको छ । 

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका लागि गत सेप्टेम्बरदेखि टिकट बिक्री शुरु भएकोमा अहिलेसम्म एक लाख ५० हजारभन्दा बढी टिकट बिक्री भइसकेको हो । 

फिफाले बिहीबार दिएको जानकारीअनुसार टिकट किन्नेमध्ये सबैभन्दा धेरै फ्रान्स र बेलायतका रहेका छन् । 

प्रतियोगिताका लागि दश लाखभन्दा बढी टिकट बिक्री गर्न सकिने फिफाको अनुमान छ । टिकटसम्बन्धी नौ वटा प्याकजे बनाइएको फिफाले जनाएको छ । व्यक्तिगत टिकट भने यही आउँदो डिसेम्बर २३ देखि बिक्री शुरु हुनेछ । 

प्रतियोगिता आउँदो सन् २०१९ को जुन ७ देखि जुलाई ७ सम्म हुने तय भएको छ । ग्रेनोबल, ले हाभ्रे, लिओन, मोन्टपेल्लीर, नाइस, पेरिस, रेम्स, रेन्नेज र भ्यालेन्सीन्नजमा खेलहरू हुने भएका छन् । 

सेमी फाइनल र फाइनल खेल लियोनमा गर्ने तालिका बनाइएको छ । त्यस खेलहरूका लागि झण्डै २२ हजारभन्दा बढी प्याकेज तीन महिनाका लागि बिक्री भइसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै