• २०८१ बैशाख ४ मंगलबार

फाल्गुनन्द जयन्तीमा इलामका तीन स्थानीय तहमा बिदा

kharibot

मङ्गलबारे। इलामका तीन स्थानीय तहले महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा आज (आइतबार) सार्वजनिक बिदा दिएको छ । यहाँका फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । गाउँ कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरिएको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । 

महागुरु फाल्गुनन्दलाई सरकारले विसं २०६६ मा १६औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो । विसं १९४२ कात्तिक २५ गते इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाको चुक्चिनाम्बामा जन्मनुभएका महागुरुको जन्मजयन्तीका अवसरमा रुपाटारस्थित किराँत मन्दिरमा किराँत धर्मावलम्बीले पूजाआजा गर्दै आएका छन् ।

किराँत धर्मका महागुरु तथा समाज सुधारक फाल्गुनन्दको बसोवास रहेको स्थल माङसेबुङ गाउँपालिकाको लारुम्वामा किराँत धर्मानुरागीहरूले पूजापाठ गर्ने गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै