• २०८१ बैशाख ७ शुक्रबार

बक्स अफिसमा आमिरको जादु चलेन,  ठग्स अफ हिंदोस्तानको व्यापार ओरालो लाग्यो 

kharibot

मुम्बई। बलिवुडमा नोभेम्बर ८ मा रिलिज भएको फिल्म ठग्स अफ हिंदोस्तानले रिलिजको तेस्रो दिन नै बक्स अफिसमा ओरालो लागेको छ। 

रिलिजको पहिलो दिन कैयौ रेकर्ड राखेको यस फिल्मले दोस्रो दिन केवल २८.२५ करोडको व्यापार गरेको थियो भने तेस्रो दिन शनिबार केवल २३ करोडको व्यापार गरेको बताइएको छ । आमिर खान, अमिताभ बच्चन, फातिमा सना शेख र कटरीना कैफ स्टारर फिल्म हिन्दी, तामिल र तलेगु गरि तीन भाषामा रिलिज भएको यस फिल्मले पहिलो दिन ५२.२५ करोड भारतीय रुपैयाको व्यापार गरेको थियो । 

फिल्म विश्लेषक र दर्शकले अत्यन्त खराब प्रतिक्रिया दिएपछि २ सय ४० करोडमा बनेको यो फिल्म संकटमा परेको छ।  बक्सअसिफका राजा भनेर चिनिने आमिर खान यस पटक चुकेको प्रतिक्रिया दर्शकले दिएका छन्। यसै प्रकारले ओरालो लाग्दै गएमा फिल्मले २ करोड व्यापार गर्नपनि मुश्किल हुने फिल्म विश्लेषक तरण आदर्शले बताएका छन्। यद्यपि फिल्मले रिलिजको तीन दिनमा १०३ करोडको ब्यापार गरेको छ।   

पहिलो दिन तोड्यो यी रेकर्ड :

ठग्स अफ हिंदोस्तानलाई भारतमा तीन भाषामा गरि ७ हजार स्क्रिनमा रिलिज गरिएको छ,जुन अहिलेसम्म भारतमा रिलिज गरिएको कुनै पनि फिल्मको धेरै स्क्रिनमा गरिएको रिलिज हो। यस बाहुबलीलाई ६५ सय स्क्रिनमा रिलिज गरिएको थियो। 

त्यस्तै ठग्स अफ हिंदोस्तान एकै दिनमा धेरै कलेक्सन गर्ने फिल्म बनेको छ।  फिल्म विश्लेषकले राम्रो रिभ्यु नदिएका भएपनि फिल्मले पहिलो दिन ५२ करोड २५ लाख कलेक्सन गरेको फिल्म विश्लेषक तरण आदर्शले बताएका छन्। 

साथै फिल्म यस बर्ष एक दिनमा धेरै कलेक्सनको रेकर्ड पनि बनाएको छ।  यसअघि फिल्म संजुले ३४.७५ करोड व्यापार गरेको थियो। त्यसै गरि दिपावलीमा रिलिज गरिएको फिल्मले पनि धेरै व्यापार गर्ने रेकर्ड बनाएको छ। यस अघि दिपावलीमा रिलिज गरिएको फिल्म ह्यापी न्युइयरले पहिलो दिन ४४.९७ करोड व्यपार गरेको थियो। 

ठग्स अफ हिंदोस्तान यश राज ब्यानरमा बनेको अहिलेसम्मको ठुलो बजेटको फिल्म भएको बताइएको छ।  फिल्ममा २४० करोड लगानी लागेको मिडिया रिपोर्टमा बताइएको छ। साथै यस फिल्मले अभिनेता आमिर खानको धुम ३ को रेकर्ड तोड्दै धेरै व्यापार गरेको छ।  धुम ३ ले पहिलो दिन ३६.२२ करोड व्यापार गरेको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै