• २०८१ बैशाख १३ बिहीबार

तिहार पछिको पहिलो सेयर कारोवार : सुचक तथा कारोवार रकम दुुबै उच्च अंकले घटे

kharibot

काठमाडौं। तिहारपछिको पहिलो दिनको सेयर कारोवार ऋणात्मक देखिएको छ । आज आईतबार सेयर बजार परिसुचक १७ दसमलव ३१ अंकले घटेर १२ सय पाँच दसमलव २२ बिन्दुुमा झर्दा सेन्सिटिभ चार दसमलव ११ अंकले घटेर दुुई सय ५५ दसमलव ९८ बिन्दुुमा झरेको छ ।

एक सय २५ कम्पनीहरुको १४ सय ६५ वटा कारोवारमा तीन लाख १४ हजार दुई सय ९७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम नौ करोड ९४ लाख ५१ हजार ४८ रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज नौ वटा समुहको कारोवार हुुदा सात वटा समुहले गुमाएकाछन भने फाईनान्स र अन्य समुहले कमाएकाछन । बाँणिज्य बैंक समुहको सुचक २५ दसमलव आठ अंकले घटेर एक हजार ५५ दसमलव ९५ बिन्दुुमा झर्दा छ करोड ३३ लाख ९४ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैंक समुहको सुचक पनि छ दसमलव पाँच अंकले घटेर १४ सय ७५ दसमलव ५८ बिन्दुुमा झरेकोमा एक करोड ९४ लाख ७७ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ४३ दसमलव सात अंकले घटेर पाँच हजार पाँच सय ७४ दसमलव ९९ बिन्दुमा झरेकोमा ७० लाख ६६ हजार ८० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युुत, लघुबित्त, जीवन बीमा र होटल समुहको सुचकमा पनि गिरावट आएको छ ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको स्वदेशी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ५२ पैसाले बढेर सात सय पाँच रुपैयाँमा कारोवार भएको छ भने गुुमाउने कम्नीको सुचीमा पहिलो स्थनमा परेको अपी पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९४ पैसाले घटेर एक सय ६३ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको प्रभुु बैंकको प्रतिकित्ता दुुई सय ४९ रुपैयाँ अन्तिम मुल्यमा ८४ लाख ८८ हजार छ सय ८९ रुपैयाँको कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै