• २०८१ बैशाख ८ शनिबार

अष्ट्रेलियालाई पराजित गर्दै एकदिवसीय सिरिज दक्षिण अफ्रीकाको कब्जामा

kharibot

काठमाडौँ। दक्षिण अफ्रीकाले अष्ट्रेलियालाई तेस्रो एकदिवसीय क्रिकेटमा ४० रनले पराजित गरेको छ। आइतबार भएको तेस्रो एकदिवसीय खेलमा जित हासिल गर्दै दक्षिण अफ्रीकाले ३ खेलको सिरिजमा २-१ को कब्जा जमाएको छ। 

दक्षिण अफ्रिकाले दिएको ३२१ रनको लक्ष्य पछाएको अष्ट्रेलिया ५० ओभरमा ९ विकेट गुमाउदै २८० रन बनाएपछि खेल ४० रनले गुमाएको हो। अष्ट्रेलियाका लागि शान मार्शले सर्वाधिक १०६ रनको शतकीय पारी खेलेपनि अष्ट्रेलियालाई जित दिलाउन असफल भएका थिए। अष्ट्रेलियाका लागि मार्कोस स्टोनिसले ६३, एलेक्स कारेयले ४३ तथा ग्लेन म्याक्सवेलले ३५ रनको योगदान दिएका थिए। 

त्यस्तै दक्षिण अफ्रिकाका बलर डेल स्टेन तथा कागीसो रबाड़ाले ३-३ विकेट लिएका थिए भने डवाने प्रेटोरिअसले २ तथा लुंगी इंगिडीले एक विकेट लिएका थिए। 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले एफडु प्लेसिस र डेभिड मिलरको शतकीय पारिको मद्धतले ५० ओभरमा ५ विकेट गुमाउदै ३२० रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक १३९ रन बनाएका थिए भने डु प्लेसिसले १२५ रन बनाएका थिए। दुवैले चौथो विकेटका लागि २५२ रनको साझेदारी गरेका थिए। 

अष्ट्रेलियाका बलर मार्क स्टार्क र मार्कोस स्टोनिसले २-२ विकेट लिएका थिए भने जोश हजालवूडले एक विकेट लिएका थिए। 

दक्षिण अफ्रिकाका डेभिड मिलर खेलको म्यान अफ द म्याच र म्यान अफ द सिरिज बनेका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै