• २०८१ बैशाख ८ शनिबार

मेसीको दुई गोलका बाबजुत बार्सिलोना पराजित  

kharibot

काठमाडौँ। स्पेनिस ला लिगामा शिर्ष स्थानमा रहेको बार्सिलोनाले यस सिजनको दोस्रो हार बेहोरेको छ। गएराती बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा  बार्सिलोना रियल बेटिससँग ४-३ गोल अन्तरले पराजित भएको हो। 

इन्जुरीपछि मैदानमा फारिएका बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसीले खेलमा २ फोल गरेपनि खेल जिताउन भने सकेनन्। बार्सिलोनाका लागि एक गोल अर्टुरो भिडालले गरेका थिए।  बेटिसका लागि जुनियर फ्रिपो, जोआक्विन, लो केल्सो र सर्जियो कानालेसले एक एक गोल गरेका थिए। 

खेलको ८१औ मिनेटमा दोस्रो पहेलो कार्ड खादै इभान राकिटिक मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो। 

मेसीले २ गोल हानेको खेलमा बार्सिलोना पराजित भएको यो अहिलेसम्म कै पहिलो पटक हो। साथै बार्सिलोना ला लिगामा घरेलु मैदानमा सन् २०१६ को सेप्टेम्बर पछि पहिलो पटक ७९२ दिनपछि पराजित भएको छ। त्यस्तै बार्सिलोनाले सन् २००३ पछि पहिलो पटक बार्सिलोनाले घरेलु मैदानमा ४ गोल खाएर पराजित भएको छ।

पराजित भएपछि बार्सिलोनाले ला लिगामा आफ़्मो अग्रता बढाउने मौका गुमाएको छ। यद्यपि बार्सिलोना लगको शिर्ष स्थानमा भने कायमै छ। बार्सिलोना १२ खेलमा २४ अंकसहित लिगको शिर्ष स्थानमा रहेको छ भने १२ खेलमा २३ अंक हासिल गरेर सेभिला दोस्रो, २३ अंक नै हासिल गरेको एथलेटिको म्याड्रिड तेस्रो, र डिपोर्टिभो आल्भेज चौथो स्थानमा रहका छन्। त्यस्तै बेटिस भने १२ खेलमा १६ अंक हासिल गरेर लिगको १२औ स्थानमा रहेको छ।    

बार्सिलोनाले अब ला लिगामा आगामी नोभेम्बर २५ मा एथलेटिको म्याड्रिडसँग खेल्ने छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै