• २०८१ बैशाख १३ बिहीबार

विजयी लयमा फर्कियो रियल म्याड्रिड

kharibot

काठमाडौँ। स्पेनिस क्लब रियल म्याड्रिड विजयी लयमा फर्किएको छ। स्पेनिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-२ गोल अन्तरले पराजित गरेको हो। 

रियलको जितमा करिम बेन्जमा, सर्जियो रामोस र डानी केलाबालोसले एक एक गोल गरेका थिए भने एक गोल सेल्टाका काबरलले आत्मघाती गरेका थिए। त्यस्तै सेल्टाका लागि हुगो मालो र ब्रायज मेन्डेजले एक एक गोल गरेका थिए। 

यस सिजनमा खराब प्रदर्शन गरेपछि म्यानेजरलाई हटाएर अन्तरिम म्यानेजर सान्टियागो सोलारीले सम्हालेको रियलले सोलारी अन्तरिम म्यानेजर बनेपछि लगातार चौथो खेलमा जित हासिल गरेको छ। 

रियल म्याड्रिडको जितपछि १२ खेलमा २० अंक हासिल गरेको छ भने लिगको छैठौ स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगो १२ खेलमा १४ अंक हासिल गर्दै लिगको १४औ स्थानमा रहेको छ। 

रियल म्याड्रिडएल अब अन्तर्राष्ट्रिय ब्रेकपछि ला लिगामा नोभम्बर २४ मा इबारविरुद्ध खेल्ने छ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै