• २०८१ बैशाख ६ बिहीबार

म्यानचेस्टर डर्बी जित्दै सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लियो  

kharibot

काठमाडौँ। म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई पराजित गरेको छ।  गएराती भएको इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। 

सिटीको जितमा सर्जियो अग्युरो, डेभिड सिल्भा र गुन्डोगनले एक एक गोल गरेका थिए भने युनाइटेडका लागि एक गोल एन्टोनी मार्सियलले गरेका थिए। 

म्यानचेस्टर युनाइटेडका म्यानेजर जोसे मोरिन्होले प्रिमियर लिगमा आफ्नो ३ सय खेल पुरा गरेका छन्। यस खेलमा पराजित भएपनि मोरिन्होले प्रिमियर लिगका ३ सय खेलमा १८ खेलमा जित हासिल गरेका छन्। 

युनाइटेडले सन् १९९०-९१ सिज पछि पहिलो पटक सिजनका सुरुका १२ खेलमा ४ खेलमा हार बेहोरेको छ। साथै सन् १९७७-७८ पछि पहिलो पटक युनाइटेडको सुरुका १२ खेलपछि निगेटिभ गोल अन्तर रहेको छ। 

यो हार पछि प्रिमियर लिगमा युनाइटेड १२ खेलमा २० अंकसहित लिगको आठौ स्थानमा पुगेको छ। त्यसै गरि म्यानचेस्टर सिटी भने १२ खेलमा ३२ अंकसहित लिगको शिर्ष स्थानमा उक्लिएको छ। त्यस्तै लिभरपुल १२ खेलमा ३० अंकसहित दोस्रो र गएराती एभर्टनसँग बिना कुनै गोल बराबरी खेलेपछि चेल्सी १२ खेलमा २८ अंकसहित तेस्रो स्थानमा रहेको छ। 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै