• २०८१ बैशाख ७ शुक्रबार

शिवशक्ति घ्यूको फ्लुड आयल हिटरमा आगलागी, उद्योग प्रशासनको चरम लापरवाही

kharibot

बारा। बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नं.७ स्थित जीतपुरमा रहेको शिवशक्ति घ्यू उद्योगको थर्मिक फ्लुड आयल हिटरमा आईतवार राती आगलागी भएको छ । 
विद्युत् सर्ट सर्किटका कारण भएको आग लागीबाट थर्मिक फ्लुड आयल हिटर पूर्ण रुपमा जलेर नष्ट भए पछि करिब एक करोड रुपैयाँ मूल्य बराबरको क्षेती भएको हो ।

ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायाव निरिक्षक रामउदय शर्माका अनुसार आईतवार राती करिब ७ : ४५ बजेको समयमा सुरु भएको आगलागीलाई करिब तीन घण्टाको प्रयास पछि नियन्त्रण लिईएको थियो । भने कुँनै प्रकारको मानविय क्षेती भने हुँन नसकेको प्रहरीले जानकारी दिएको छ ।

आगोलाई नियन्त्रणमा लिनका लागि सो उद्योगमा कार्यरत मजदुर , घटना स्थलमा गएको नेपाल प्रहरी, सशस्त्र प्रहरीहरुको सह्योगमा सिमरा विमान स्थल, जीतपुरसिमरा उपमहानगरपालिका, बिरगंज महानगरपालिका र नेपाल आयल निगम अम्लेखगंजको वारुणयन्त्रको सह्योगमा राती करिब ११ बजेको समयमा नियन्त्रणमा लिईएको थियो ।

कसको हो लापरवाही ?

शिवशक्ति घ्यू उद्योगको थर्मिक फ्लुड आयल हिटर अर्थात विद्युत्द्वारा धानको भुस गलाउँने ब्वाईलरमा आग लागी हुँदा पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

उद्योग प्रशासनका सतिश अग्रवालले करिब एक करोड रुपैयाँ मूल्य पर्ने सो ब्वाईलरमा विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको बताउँ छन् । तर , विद्युत् सर्ट सर्किट भएर आग लागी हुँनुमा दोषी को ? भन्ने हाम्रा सम्वाददाता श्याम गुप्ताको जिज्ञासामा उनले पन्छिदै टेक्निकल खराबीका कारण विद्युत् सर्ट सर्किट भएको बताएका छन् । 

अर्बौं रुपैयाँको लगानीमा सञ्चालित सो उद्योगमा सिभिल ईन्जिनियर देखि मेकानिकल ईन्जिनियरहरु भएको सो उद्योगको ब्वाईलरको समय समयमा रेखदेख नगरिएकै कारण आज यस्तो घटना भएको सहजै अनुमान गर्न सकिन्छ ।

उद्योग प्रशासनका सतिश अग्रवाललाई सो घटना बारे प्रश्न गर्दा उनी क्यामेरामा बोल्न नचाहने कुरामा सहजै संड्ढा गर्न सकिन्छ र यस्तो घटना हुँनुमा उद्योगले चरम लापराही गरेको देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै